दुहबी / सुनसरीको दुहबी वडा नम्बर २ दुहबी-ईनरुवा सडक खण्ड पचिरा स्थित रहेको पुल निर्माणकार्य अलपत्र हुँदा दुर्घटनाको उच्च जोखिम बढेको स्थानीयहरुले बताए ।
सो ब्यस्त सडकको पुल ठेक्का लागेको महिनौ बितिसक्दा समेत ठेकदार पक्षबाट निर्माणकार्यमा ढिला सुस्ती हुँदा दैनिक हजारौंको संख्यामा सवारी साधन आवत जावत गर्न कठिनाइ भईरहेको स्थानीयहरु बताउँछन्।
६ महिना अगाडीदेखि पुल भत्किएर सडकको दुर्दशा भएपछि
एक महिना अगाडी ठेक्का लागेको सो पुलमा निर्माणकार्य ढिलो हुँदा निकैबेर जाम लाग्ने गरेको र दुर्घटनाको उच्च जोखिम समेत रहेको बताउदै सानातिना दुर्घटनाहरु समेत भएको स्थानीयहरुले बताए।
उता सो बिषयमा १७ लाखमा ठेक्का परेको नेसनल निर्माणकार्य सेवाका संचालक गफार मियासंग बुझदा आफुले ठेक्का पाएको केही दिनमै कोभीडको संक्रमित भएर २२ दिन सम्म घरमा बस्नु परेको र निको भए लगतै निर्माणकार्य सुरु गर्न साथ केही स्थानीयहरुले काममा बाधा अबरोध गरेपछि निर्माणकार्यमा केही ढिलाइ भएको स्विकार्दै २ दिनमै निर्माणकार्य सुरु गर्ने बताए।
सो ठाउँमा पानीको मुहान सुकि सकेकाले पुलको आवश्यक्ता भन्दा खाल्टो पुरेर सिधै बाटो निर्माणकार्य गर्दा सस्तोमा सडक बन्ने हुनाले अत्याधिक खर्च न गरि छिटो बाटो बनाउन आफुहरुले आग्रह मात्र गरेको बताउँदै कुनै अबरोध न गरेको स्थानीयहरु बताउँछन्।





