दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ मा सन्चालित प्रगति कृषक समूह लाई दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले कृषि सामाग्री हस्तान्तरण गरेका छन। आज एक कार्यक्रम का बिच दुहबी नगरपालिका परिसरमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत ८५% नगरपालिका र १५ % कृषकको लागत साझेदरीमा १६ लाख ९० हजार २ सय मूल्य बराबरका कृषि सामाग्री नगर प्रमुख गच्छदार ले हास्तान्तर्ण गरेका हुन। पावर टेलर(ट्याक्टर ) १ थान,पावर स्प्रे १० थान,2HP मोटर (पम्प सेट) २ थान,पम्पसेट ठूलो २ थान, त्रीपाल ३० थान ,बिसादी मल,पोटास,लगायत कृषि सामाग्री हरु बितरण गरिएको नगर प्रमुख गच्छदारले बताए।
सामाग्री हरु बितरण गर्दै गच्छदारले वडा नम्बर १२ मा३३ जना कृषक हरु मिलेर प्रगति कृषक समूह दर्ता गराइ ३५ बिगाह क्षेत्रफलमा सामुहिक कृषि गर्दै आएको उक्त समुहले सिन्हदेबी मकै पकेट कार्यक्रम समेत सन्चालन गरेको हुदा कृषि क्षेत्रमा लागेका कृसकहरुलाइ हौसला स्वरुप थप अनुदान को क्रमिक ब्यावस्था गरिदैजाने बताए।
गच्छदारले सामुहिक कृषि प्रणाली लाई ब्यवस्थित र प्रभावकारी बनाउदै लैजाने र सम्पुर्ण कृसिजन्य उत्पादनमा आत्मनिर्भर नगरपालिका बनाउन आफू लागि परेको बताए। खाद्यान्न ,तरकारी ,फलफुल,तथा माशुजन्य पदार्थ मा आत्मनिर्भर हुन सके नगरपालिका को आम्दानी सगै कृसकको आम्दानी पनि बढ्ने हुदा स्थानिय अर्थतन्त्र बजबुद हुने साथै हामिले देखेको समृद्ध नगरपालिकाको सपना साकार हुने गच्छदारले बताए।
नेपाल कृषि प्रधान देश भनी पनि पछिल्लो समय कृषि तिर मानिसको आकर्षण घट्दै गैरहेको साथै परम्परागत कृषि प्रणाली सुधार नहुदा उत्पादन घट्दै गएको साथै आफुलाइ उपभोग गर्नका लागि मात्रै उत्पादन गर्ने गरेको हुदा बर्सेनि अरबौ मुद्रा बिदेशिने साथै खाद्यान्न महङ्गो हुँदै जाने भएको हुदा यस्ता समुह बनाइ हरेक सचेत युवा कृषक हरुले कृषि क्षेत्रमा प्रबेश गरे कृषि क्रान्ती हुने र आत्मनिर्भरता बढ्ने तर्फ गच्छदारले जोड दिए।





