दुहबी/ दुहबी १० स्थित संचालनमा रहेको अन्नपुर्ण भेनीयर उधोगले महिला मजदुरमाथि विभेद गरी श्रम शोसण गरेको भन्दै मजदुर महिलाहरु आक्रोशित भएका छन।
सो उद्योगमा कार्यरत एक महिला मजदुरले आफ्नो नाम नखुलाई दिने सर्तमा आफुहरु लाई बिगत १ बर्स देखि उधोगमा ८ घन्टा काम गरे बापत ३०० रुपैया मात्र दिने गरेको खुलासा गरेकि छिन । उनि भन्छिन् आफुहरुसंगै सोही प्रतिकै काम गर्ने पुरुष मजदुरहरुलाई ५०० दिने गरेको र सोही प्रकृतिको काम गर्ने महिला मजदुरहरुलाई ८ घन्टा बराबरको ज्याला ३०० मात्रै दिएर आफूहरुमाथी उधोग व्यवस्थापनले विभेद गरेको गुनासो गरिन।
सोही उधोगमा काम गर्ने अर्कि महिला मजदुर भन्छिन आफुहरुले उधोग व्यवस्थापक संग पटक-पटक पैसा बढाउन माग गर्दा उधोग व्यवस्थापकले अटेर गरेको बताईन ।
सोही उद्योगगि मजदुर भन्छीन उधोग व्यवस्थापकसंग पैसा बढाउन माग राख्दा काम बाटनै निकाल्ने धम्कि दिने गरेको समेत बताईन ।
उनि भन्छिन नेपाल सरकारको श्रम ऐनले देको कुनै पनि सेवा सुबिधा उधोगबाट आफुहरुले नपाएको गुनासो गरिन ।
सो उधोगमा मजदुरले खानाखाने क्यान्टिन नभए पछि मजदुर हर उधोग हाता भित्र रहेको फोहोरमा बसि खाना खादा अझ विभिन्न रोगको शिकार हुने देखिन्छ ।
उधोगका मजदुरहरुको भनाइ अनुसार चरम श्रम शोषण गरि जोखिम पुर्न काम गर्न बाध्य पारिरहेको बताए।
एक मजदुरको भनाइ अनुसार उधोग व्यवस्थापकले काठको गोल्या बोक्न लगायत जोखिम पुर्न काम लगाउदा समेत नेपाल सरकारले तोकेको आठ घन्टा बराबर ५१७ ज्याला नपाउदा आफुहरुको लागि देशमा कुनै कानुन नभएको जस्तो बुझेको दुखेसो समेत पोखे।
सो उधोगमा मजदुर हरुको कुनै प्रकारको डाटा फाईल, रेकर्ड उधोग प्रसाशन संग नभएको कामदार कर्मचारी हरुलाई नेपाल सरकारले लागु गरेको ज्याला बैंकिङ प्रणालीबाट नदिएको देखा परेको छ।
सो विषयमा अनपुर्ण भेनीयर उधोगका मेनेजर बिमल बरालसंग बुझ्दा मजदुरको ज्याला नेपाल सरकारले तोकेको भन्दा कम दिएको स्विकार्दै भने उधोग भित्रको सम्पुर्ण काम ठेकदारी प्रथाबाट चलेको हुंदा मजदुरहरुको कुनै पनि रेकर्ड फाइल आफू संग नभएको बताए।





