दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मा निर्माण हुन लागेको फोहोर लाई मोहर मा परिणत गर्ने उदेश्य सहितको फोहर ब्यावस्थापन केन्द्रको आज धर्मिक अनुस्ठानका साथ नगर प्रमुख बेद गच्छदारले शिलान्यास गरेका छन।
अन्दाजी साढे तीन बिगाह क्षेत्रफलमा रहेको बुढी खोला पारी बुढिगङ्गा क्षेत्रमा रहेको दुहबी नगरपालिका को जग्गा मा ४५ लाख ७ हजार ३ सय ६९ रुपैयाको लागतमा पुर्वाधार निर्माण गर्न जल्पापुर इनरुवा मुस्लिम कन्स्ट्रक्सनले जिम्मा लिएको छ। उक्त सिलन्यास कार्यक्रम मा बोल्दै नगर प्रमुख गच्छदारले दैनिक १८ टन मेशिनरी क्यापासिटी रहेको उक्त फोहर ब्यावस्थापन केन्द्रको स्थापना पछि दुहबी नगर भित्रका सबै फोहर हरु संकलन गरिने साथै बुढी गङ्गा गाउपालिका आसपास का समेत सन्कलन गरि कम्पोस्ट मल साथै अन्य प्रबिधि अबलम्बन गरि ब्यवस्थापन गरिने बताए।
गच्छदारले SDG को मापदन्ड अनुसार नेपाल अधिराज्य भरी जम्मा १६ स्थान छनौट हुदा दुहबी नगरपालिका अघिल्लो स्थानमा छनौट भइ फोहर ब्यावस्थाप्न केन्द्र को प्रोजेक्ट पार्न साल भएको बताए। आज सिलन्यास गरिएको उक्त ५०/३०,४०/२०,१०/१२,२०/१०,१२/१२ का RCC ट्वाइलेट बाहेक ट्रस छाना सहितको भौतिक पुर्वाधार का भवन बनिसके पछि १ करोड २५ लाखको फोहर प्रसोधन गर्ने मेशिन ल्याइ आगामी आर्थिक बर्स भित्रैमा फोहोर सन्कलन गरि प्रसोधन थालिने समेत नगर प्रमुख गच्छदारले बताए।
यो प्रोजेक्ट सफल भएपछी बिगतमा फोहोर ब्यावस्थपन गर्न नगरपालिका ले ब्यहोर्दै आएको आर्थिक भार समेत कम हुने साथै फोहोर मैला समेत ब्यावस्थापन हुने हुदा नगरबासीको लागि गौरब साथै नगरपालिकाको लागि समेत खुसीको बिसय भएको नगर प्रमुख गच्छदारले बताए।
बाताबरण मैत्री समाज निर्माण का लागि आफू हर प्रहर लागि परेको बताउदै गच्छदारले फोहर मैला साथै प्रदुषणयुक्त कुनैपनी चिज समाज लाई असर गर्ने भएकोले त्यो नगरपालिका ले क्षम्य नदिने समेत बताए। नगरपालिकाको कार्यक्षेत्र भित्र पर्ने र अधिकार भित्र समेटिएका गतिविधिलाई नगरपालिकाले सुक्ष्म अध्यन थाल्ने बताउदै गच्छदारले यश तर्फ स्थानिय, नागरिक समाज,युवा तथा बुद्दिजिबीहरुको समेत साथ सहयोगको अपेक्षा गरेको बताए । यो आयोजना दुहबीकोलागि एतिहासिक अवसर भएको स्थानीयहरुको भनाइ छ।





