• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

भोक्राहामा सशस्त्र प्रहरीको थप सक्रियता

काेचिला खबर by काेचिला खबर
06/11/2021
in FEATURE, समाज, स्थानीय
82
SHARES
372
VIEWS
Share on FacebookShare on Twitter

अजमल अन्सारी
जेष्ठ २८, सुनसरी । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न सशस्त्र प्रहरीले मुलुकभर सिमा क्षेत्रमा थप सक्रियता बढाएको छ । बस्ने,ओत लाग्ने राम्रो व्यवस्था नभए पनि उनीहरू १ जना प्रहरीले १ दिनमा लगातार १२–१६ घण्टासम्म निगरानीमा खटिइरहेका छन् भने ड्युटी सकेपछि अन्य सशस्त्र प्रहरीले पनि लगातार दिनरात सीमा सुरक्षामा खटिरहेका छन् । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि सशस्त्र प्रहरीले गाउँगाउँसम्म सक्रियता बढाएको देखिन्छ ।

सुनसरीको भोक्राहा नरसिंह सोनयाही नाका पुर्ण रूपमा सिल गरिएको छ । मान्छेहरु अहिले पनि भारत बाट नेपाल र नेपाल बाट भारत जान दिनको लागि भन्दै,नेपाल भारत प्रवेश गरेको देखिनु साथ नियन्त्रणमा लिइ राम्रो सँग सम्झाइ बुझाइ जहाँ बाट आएको देखिए उतै फर्काउने गरेको सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले बताउनुभयो ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ८ मा पर्ने उल्टीको सुनसान ठाउँमा पाल टाँगिएको छ, पालभित्र खाट छ, जहाँ सशस्त्र प्रहरीहरू बसिरहेका हुन्छन् । खाटसहितको पाललाई अस्थायी पोस्ट भनिन्छ ।

साँघुरो कच्ची सडक दायाँबायाँ मकै पाकिसकेको छ, ठुलाठुला सनपाठ भइसकेको छ र किसानले धान रोप्ने बेला आइसकेको छ, कतै कतै रोप्न शुरुआत गरिसकेको देखिन्छ, नेपाल- भारत सीमामा दशगजा र पिलरलाई सिमाना मानेर दुवै मुलुकका सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् ।

देशका विभिन्न स्थानमा अहिले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट ‘बीओपी’ स्थापना गरिरहेको भएपनि गत वर्ष मंसिर २५ गते भारतसँग जोडिएको सुनसरीको भोक्राहा नरसिंह उल्टीमा सशस्त्र प्रहरीले नेपाल बोर्डर आउट पोस्ट ‘बीओपी’ स्थापना गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्ट उल्टीका सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीको कमाण्डमा ४० जना सशस्त्र प्रहरी खटाउने भएको छ, प्रत्येक ‘एक एक किलोमिटरमा ३ देखि ४ जना सम्म प्रहरी बसिरहेका छन्।

सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले भने, सीमा सिल र लकडाउनमा अवैध नाकाबाट मानिस नेपाल भित्रिने क्रम नरोकिएपछि सरकारले भारतीय सीमा नाकामा सशस्त्र प्रहरीको अस्थायी पोस्ट खडा गरेको हो। सुनसरीको सीमावर्ती क्षेत्रमा मात्र यस्ता अस्थायी पोस्ट करिब २५ वटा छन् ।

पोस्टमा परिचालित सशस्त्र प्रहरीहरू चर्को घाममा रूखको छहारी र कतै टेन्टमा त कतै छाप्रोमा ओत लागेर भारतबाट कोही प्रवेश गर्छ कि भनेर चनाखोका साथ बसिरहेका हुन्छन् । उनीहरूले दिनमा १२ देखि १६ घण्टासम्म ड्युटी गर्नुपर्छ । बिजुली नभएको स्थानमा टर्चका भरमा गस्ती गर्नुपर्छ । एक जनाले अर्को ड्युटीमा रहेको साथीलाई देख्ने दूरीमा बसेर पहरा दिन्छन् । भारतको बिहारमा संक्रमण देखिएपछि यहाँ सजगता अपनाइएको हो ।

नाकाबाट प्रवेश नपाएपछि मानिसले खेत बाटोबाट ओहोरदोहोर गरिरहेको गुनासो आएपछि ठाउँठाउँमा अस्थायी पोस्ट खडा गरेर निगरानी गरिरहेको सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले बताउनुभयो । यसै गरि सुनसरीको सीमावर्ती क्षेत्र भारतको बिहार राज्य सँगै टासिंएको ६१.९ किलोमिटर सीमामा ९ वटामात्र सुरक्षा वेशको निर्माण गरेको छ।

भोक्राहा सशस्त्र प्रहरी निरीक्षक महेश बिक्रम केसीले चौबीसै घण्टा सतर्क रहेको बताउदै,भोक्राहा गाउँपालिकाकी कार्य वाहक अध्यक्ष पुनम कुमारी मेहताले सशस्त्र प्रहरी भोक्राहाले , सिमावर्ती क्षेत्रमा निगरानी गर्दै, लकडाउनको पुर्ण रुपमा पालना गराउदै, स्थानीय बासीलाई सहज र चेतनामुलक कार्यक्रम गरेर जनतालाई जोखिमबाट मुक्त राख्न स्थानीयको साथ सहयोगमा राम्रो कार्य गर्दै आएको बताउदै धन्यवाद दिएकी छिन् ।

सुनसरीको भोक्राहा नरसिंह –८ सोनयाही स्थित १९५ नम्बर सीमास्तम्भनिर तैनाथ एक सशस्त्र प्रहरी । तस्बिर : अजमल अन्सारी /इनरुवा

गाडी र पैदल गस्ती
सुनसरीको ६१.९ किलोमिटर सीमा क्षेत्रमा ६४० जना भन्दा बढी सशस्त्र प्रहरी तैनाथ गरिएको छ । भोक्राहा सशस्त्र प्रहरीलाई गाडीको उपलब्ध नभएपछि सीमा क्षेत्रमा पैदल र मोबाईल गस्ती बढाइएको छ । सिमानामा प्रहरी तैनाथ भएपछि वारिपारिबाट मानिस आउजाउ ठप्प भएको छ, अपराध गतिविधी नियन्त्रण भइरहेको छ, सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधिलाई रोक्न तथा शान्ति सुरक्षा कायम गर्न सक्रिय रहेको देखिन्छ ।

स्थानीयका अनुसार सीमामा कडाइ गरेका कारण भारतबाट ठूलो संख्यामा मानिस प्रवेश रोकिएको छ । भारतमा दोस्रो भेरिएण्टको कोभिड–१९ को संक्रमण नियन्त्रणमा नआएसम्म सशस्त्र प्रहरी बल नेपाल–भारत सीमामा तैनाथ रहने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

छाप्रोमा बसेर ड्युटी
तराईमा बस्तीपिच्छे खुला नाका छन् । सुनसरीको भोक्राहा सशस्त्र प्रहरीले भोक्राहाको पिलर नम्बर १९५/२ WP ३९ देखि भोक्राहाको पिलर नम्बर १९७ PP ९ सम्म सीमा क्षेत्रमा नेपाल बोर्डर आउट पोस्ट उल्टीलाई विस्तार र अस्थायी पोस्ट खडा गरेर अवैध आवागमन रोकथाम तथा नियन्त्रणका लागि निगरानी गर्दै आएका छन् ।

अस्थायी पोस्टमा खटिएका सशस्त्र प्रहरीलाई दिउँसो गस्ती गरेर रात बिताउन समस्या छ । उनीहरू प्लास्टिक र खरको छाप्रोमा बसेर सीमा निगरानी गरिरहेका छन् ।बस्ने, ओत लाग्ने राम्रो व्यवस्था नभए पनि उनीहरू दिनमा लगातार १२–१६ घण्टासम्म निगरानीमा खटिइरहेका छन् ।

सुनसरीमा चोर नाका प्रयोग गरेर आउनेलाई रोक्न भण्टावारी, लाैकही, भोक्राहा , बसन्तपुर, घुस्की, देवानगंज, साहेबगंज, अमडुवा लगायतका नाकामा सशस्त्र प्रहरीले निगरानी गरिरहेका छन् । सुनसरीको प्रमुख नाका भण्टावारीसँगै सम्पूर्ण साना नाकामा पनि थप सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist