विराटनगर, २७ जेठ : प्रदेश १ सरकारको आगामी आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम बिहीबार अपरान्ह ३ बजे प्रदेशसभा पेश गरिने भएको छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आजै नीति तथा कार्यक्रम पास गरेको जानकारी दिंदै प्रदेशसभामा पेश गर्न लागिएको बताए ।
बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
अपरान्ह ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रस्तुत गर्नेछन् ।





