• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

अढाई हजारको नागरिकता आवेदन दराजमै थन्कियो

काेचिला खबर by काेचिला खबर
06/10/2021
in FEATURE, समाज, स्थानीय
67
SHARES
306
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर : सरकारले अध्यादेशमार्फत जन्मसिद्धलाई नागरिकता दिने बाटो खोले पनि जिल्ला प्रशासन कार्यालयहरू बन्द रहेकाले नागरिकताका लागि पर्खेर बसेकाहरूले नागरिकता पाउन सकेका छैनन् ।

सत्ता सौदाबाजीको क्रममा सरकारले संसदको अधिवेशन छलेर अध्यादेश ल्याई नागरिकता दिन खोजे पनि अहिलेको विषम परिस्थितिका कारण नागरिकता दिन शुरू गरिएको छैन ।

आवेदन फारम भरेका तर नागरिकता पाउन नसकेकाहरूको संख्या मोरङमा मात्रै २ हजार ४ सय छ । सरकारले २०७५ साल भदौमा सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरी जन्मसिद्धका आधारमा नागरिकता दिन थालेको थियो ।

तर बीचैमा सर्वाेच्च अदालतले नागरिकता वितरणमा रोक लगाएपछि जन्मसिद्धका आधारमा नागरिकता पाउनु पर्नेहरू नागरिकता पाउनबाट वञ्चित भएका थिए ।

जन्मसिद्धको आधारमा नागरिकता प्राप्त बाबुआमा र बाबुको पहिचान नखुलेका सन्तानलाई बंशजको आधारमा नागरिकता दिने भन्ने निर्णय गरी जेठ ६ गते नागरिकता सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष पेश भएकोमा उक्त अध्यादेश राष्ट्रपतिबाट जेठ ९ गते प्रमाणिकरण भएको थियो ।

सरकारले नागरिकता सम्बन्धी अध्यादेश नागरिकता पाउनबाट वञ्चितहरूप्रति न्याय गर्न नभै प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता टिकाउन जसपासँग सम्झौता गर्न ल्याएको थियो ।

सो अध्यादेशले नागरिकताका विषयमा ठूलो विवाद निम्त्याए पनि नागरिकता पाउनु पर्ने तर नपाइरहेकाहरूका लागि भने ठूलो राहत दिएको छ ।

बाबु आमाले जन्मसिद्धको नागरिकता लिएकाहरूका छोराछोरीहरू नेपाली नागरिक सरह पढ्न, लेख्न, ब्यापार व्यवसाय गर्न, विदेश जान आदि अवसरबाट वञ्चित भएका थिए ।

नेपालको संविधान २०७२ जारी भएदेखि नै उनीहरूले नागरिकता पाउन सकेका छैनन् । त्यस्ता नागरिकहरूले अदालतको ढोका ढकढक्याउन वाध्य हुनु पर्यो ।

जब कि नेपालको संविधान २०७२ को भाग–२ धारा–११, उप–धारा–२ को (ख) मा कुनै पनि व्यक्तिको जन्म हुँदा बाबुआमाले नेपाली नागरिकता प्राप्त गरिसकेका छन् भने त्यस्ताले स्वतः वंशजको आधारमा नेपाली नागरिकता पाउँदछ । नागरिकता सम्बन्धी संशोधित ऐन नल्याइएकाले नागरिकता पाउनबाट उनीहरू वञ्चित भएका हुन् ।

नागरिकता सम्बन्धी विधेयक २०७५ साल साउन २२ गते नै संसदमा दर्ता भए पनि नेकपा एमालेको केपी ओली समूहकै विरोधका कारण सो विधेयक पास हुन सकेको छैन ।

विधेयक पास हुन नसकेकाले नागरिकता ऐन २०६३ मा संशोधन हुन नसकेको हो । अहिले त्यही मुद्दामा प्रधानमन्त्री केपी ओली झुकेका छन्, चुकेका छन् ।

जिल्ला प्रशासन कार्यालयको नियमित कार्य सुचारू हुन नपाउँदै संसद पुनर्स्थापना भयो भने अध्यादेश संसदमा पुग्ने छ । अध्यादेश ६ महिनाका लागि मात्र मान्य हुने भएकाले यो समस्या फेरि ज्यूँका त्यूँ रहने छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

राष्ट्रिय झन्डा ओढेर जघन्य अपराध भयो : मुख्यमन्त्री कार्की

11/28/2025
दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

11/23/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist