दुहबी/ सुनसरीको दुहबी ८ स्थित बटेरमारा घर भएका नबिन माझिले आफ्नि श्रीमती बर्स २८ कि सबिना तामाङमाझि घरबाट डिउटि जादैछु भनेर हिडेकी घर नफर्किदा खोजी तलास गर्न सबैमा अपिल गरेका छन ।
नबिन माझीका अनुसार २०७७ फाल्गुन ८ गते बिहान ९ बजेको समयमा दुहबी ३ स्थित रहेको गिरिधारी फुड उधोगमा काम गर्न डिउटि जादैछु भनेर घर बाट हिडेकी आफ्नो श्रीमती सबिना बेलुका सम्म पनि घर नफर्किदा आफुले सके सम्म खोजी नीति जति गर्दा नभेटेपछि ईलाका प्रहरी कार्यालय दुहबीमा खोजी तलासि गरि पाउ भनि जाहेरी समेत दिएको बताएका छन्। नबिन भन्छन खोजी तलासकोलागि हुलिया सहित दुहबी प्रहरीमा जाहेरी दिएको ३ महिना भइ सक्यो हाल सम्मपनि प्रहरीले कुनै सुनुवाइ नगरेको उनले गुनासो गरे।





