दुहबी/ सुनसरिको दुहबी नगरपालिका ले विभिन्न वडामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख बेद गच्छदारले आज बिहान बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। दुहबी नगरपालिका वडा नम्बर २ को पचिरा चौक देखि सुरु भएको उक्त बृक्षारोपण कार्यक्रम वडा नम्बर ७ ,११ र १२ मा उक्त बृक्षारोपण गरिने गच्छदार ले बताए।
संघीय सरकार शहरी बन कार्यक्रम अन्तर्गत ३० लाख ५२ हजार ५ सय १६ रुपिया मूल्य बराबरको कार्यक्रम मार्फत दुहबी नगरपालिका ले सढे ५ किलोमिटर क्षेत्रमा उक्त बृक्षारोपन गरिने नगर प्रमुख गच्छदार ले बताए। ४५ इन्च देखि ५ फिट उचाइ रहेका रुद्राक्ष र अशोक का १५ सय बिरुवा हरु उपलब्ध गराइ प्रत्येक २५ फिटको दुरिमा बिरुवा रोपिएको बताउदै गच्छदार ले उक्त बिरुवा संरक्षण गर्न फलामे जाली सहितको स्टेन्ड राखिएको बताए।
वातावरण संरक्षण र भु क्षेय रोक्न साथै पर्यावरण नियन्त्रण गर्नका लागि रुख बिरुवाको महत्व प्रस्ट्याउदै गच्छदारले बढ्दो शहरीकरण र घना बस्तिका कारण मानबिय जिबनमा चाहिने अक्सिजन लगायत हरियाली बातावरण को अभाव हुन नदिन अहिले देखि नै भबिस्य प्रतिको चिन्ता र चिन्तन गर्नु पर्ने भएको ले यसमा सबै नागरिकले समयमै सोच्नु पर्ने बताए।
बिरुवा रोपेर मात्रै नहुने भन्दै गच्छदार ले यसलाइ राम्रो हेरचाह,मल पानी गर्दै हुर्काउन समुदाय स्थरबाट नै उठ्नु पर्ने र बिरुवा प्रतिको मोह बारेमा सचेत रहनु पर्ने आजको आवस्यक्ता रहेको औल्याउदै सबैले आ आफ्नो ठाउ बाट सहयोग गर्न अनुरोध समेत गरेका छन।





