दुहबी/ सुनसरी को दुहबी नगरपालिका वडा नम्बर ११ मा निर्माण हुँदै गरेको नगर प्रमुख आवास योजना का ठेकेदार बिबेककुमार पौद्दारलाई तेहाका दुइ स्थानीय युवा संजय चौधरी र राजु चौधरीले निर्घात कुटपिट गरेको उनका बुवा बिमल पौद्दारले आरोप लाएका छन। आफ्नो छोराको दुहबी स्थित जिबन ज्योती क्लिनिकमा उपचार भै रहेको उनले जानकारी दिए। मङ्गलबार दिउँसो निर्माण स्थलमा काम गराइ रहेका ठेकेदार पौद्दार आफ्ना कामदार सग गफ गरिरहेको समयमा अचानक उक्त क्षेत्रमा प्रबेश गरेका उनिहरुले अनावश्यक धाक धम्की दिदै धक्का दिएको ठेकेदार पौद्दारले त्यसो नगर्न भनी बारम्बार अनुरोध गरेपनी आफूहरु याहाको लोकल भएको र आफुले चाहे भने जे पनि गर्न सक्ने भन्दै लात र मुक्का प्रहार गरि कुटपिट गरेका बताए।
उनिहरुले कुटपिट गरि घर तर्फ लाग्दै गर्दा ठेकेदार पौद्दारले स्थानिय अस्थायी प्रहरी चौकी तनमुना मा खबर गरेको
बताए । तनमुनाका प्रहरी हवल्दार दिनेश यादब सहितको टोलिले उनिहरुलाइ पक्राउगरि प्रहरी चौकिमा लगेपनी केही बेर पछि अभियुक्त चौधरी भागेको भनी खबर गरेको पौद्दारले बताए।
पौद्दारले चौकी इन्चार्ज रहेका हवल्दार दिनेश यादब र ती दुई युबाहरुको मिलेमतोमै पक्राउ गरिएका ब्यक्ती लाई भगाएको बताएका छन। पौद्दार भन्छन यसरी पिंडकसंग मिलेर प्रहरीलेनै पिडित लाई झन पिडित बनाउने काम गर्छ भने न्याय कस्ले दिने? पक्राउ गरेको ब्यक्ती प्रहरी हिरासत बाट कसरी भाग्छ? यो सबै बनावटी खेल हो, हामिलाइ आखामा छारो हालेको हो भनेका छन।
पौद्दारले तत्काल उनीहरुलाई पक्राउ गरि कार्वाही गरियोस भन्दै अपराधी लाई उन्मुक्ती दिने प्रहरी हवल्दार माथी पनि छानबिन गरि कार्वाही को माग गरेका छन।
यदि यो केशलाइ ढाकछोप गर्न खोजे प्रहरी हवल्दार माथी थप कार्वाहिको मागदाबी गर्दै सम्बन्धित निकाय तर्फ न्याय माग्न आफू जान बाध्य हुने समेत बताएका छन।





