• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुर्घटनाबाट श्रमजीवि पत्रकार सहदेव कार्कीको निधन

काेचिला खबर by काेचिला खबर
04/26/2021
in FEATURE, समाज, स्थानीय
103
SHARES
470
VIEWS
Share on FacebookShare on Twitter

इटहरी/ सुनसरी र मोरङलाई कार्यक्षेत्र बनाएर पत्रकारितासँगै सामाजिक अभियानमा लाग्दै आएका अभाव, पीडा र छटपिटमा दैनिकी चलाएका पत्रकार सहदेव कार्कीको ५१ वर्षको उमेरमा शुक्रबार अकल्पनीय दुखद् अवसान भएको छ ।

प्रहरीका अनुसार ९ वैशाख २०७८ बिहीबार बेलुकी ९ बजे विराटचोकबाट पूर्व बेलबारीतर्फ जाँदै गर्दा खोसार्ने नजिक मुख्य राजमार्गमा झापा निवासी शोभाकान्त चौधरीले चलाएको बा.७१ प ३९३९ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएपछि हुत्तिएका कार्की बीच सडकमै बजारिएर घाइते हुन पुगेका थिए ।

घटना भएको निकै समयपछि विराटचोक इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी घटनास्थल पुगेर दुर्घटनाको मुचुल्का उठाएपछि करिब आधा घण्टापछि मात्र घाइतेलाई विराटनगरस्थित नोबेल अस्पतालमा एम्बुलेन्समार्फत पु¥याएको जानकारी प्रहरीले दिएको छ । उक्त अस्पतालमा उपचारकै क्रममा निज कार्कीको निधन भएको थियो ।

शुक्रबार राति १ बजे स्वतन्त्र पत्रकार संघका केन्द्रीय कोषाध्यक्षलाई विराटचोक इलाका प्रहरी कार्यालयबाट घटना विवरणका सम्बन्धमा जानकारी गराएका थिए । सोही जानकारीका आधारमा पाण्डेले स्वतन्त्र पत्रकार संघका सुनसरीका अध्यक्ष खगेन्द्र कार्कीलाई कल गरेको तर नउठेपछि म्यासेज छोडेको बताउँछन् ।

यता कार्कीले बिहान म्यासेज देखेपछि उक्त घटनालाई सहजीकरण गर्ने काममा विवेक धामीको सहयोगमा तदारुकताका अगाडि बढेर वेवारिसे भनिएको व्यक्तिलाई पहिचान खुलाएर बेलुकी दाहसंस्कारसम्म ल्याई पु¥याउन सहयोगी भूमिका खेलुको अध्यक्ष कार्कीले बताए ।
शुक्रबार १२ बजेसम्म वेवारिसे अवस्थामा राखिएका कार्कीलाई परिवार, साथीभाई भेला भएपछि सहदेव कार्की नाम खुलाइएको थियो ।

साथीहरुले उपचारको कमीका कारण उसको निधन हुन पुगेको अनुमान गरेका छन् । यद्यपि बिहानै थाहा पाउने वित्तिकै धेरै जनाले निजको उपचारमा कमी नगर्न र पैसाको चिन्ता नलिन अस्पताल प्रशासनलाई दबाब समेत दिएको थियो तर अस्पतालले सकेसम्मको उपचार गरेको भए पनि अवस्था गम्भिर भईसकेको र निजको ब्रेनडेथ भईसकेको जानकारी गराएका थिए ।

धनकुटाको साविक खोकु–१ मा बुबा रामबहादुर तथा माता गंगामायाको कोखबाट जन्मिएका दुई आमाका ७ दाजुभाईका माइलो सन्तान थिए । जित बहादुर, दिपेन्द्र, राजेन्द्र निजको आमाका छोरा थिए भने आमा विष्णु मायाको कोखबाट जन्मिएका भक्त बहादुर, रुद्र बहादुर र हरि बहादुर कार्की गरी उनीसहित ७ जना दाजुभाईको माइलो भाई सहदेव थिए ।
सुन्दरहरैंचा नगरपालिका वडा नं. १०, विराटचोकमा कोठामा बस्दै आएका कार्की १८ गते आयोजना हुने उसु खेल र समाचार सामग्रीका लागि बेलबारीतर्फ जाँदै गरेको बुझिएको
छ ।

दुर्घटना हुनु केही मिनेट अगाडि मात्र युवा जागरणका सञ्चालक खगेन्द्र कार्कीसँग कुराकानी भएको र उसु खेलको सहयोगको पत्र दिन र समाचार सामग्री संकलन गरेर फर्कने कुरा बताएर फोन राख्दा नराख्दै सम्भवतः त्यही समयमा उनी दुर्घटनामा परेको हुनसक्ने युवा जागरणका कार्कीले बताए । कार्कीका अनुसार स्व. कार्कीको दाहासंस्कार इटहरीस्थित बुढीगंगा मुक्तिघाटमा १० गते साँझ ८ः३० बजे गरिएको
थियो । निजका बृद्ध अवस्थाका पिता समेत बिरामी अवस्थामा रहेको कारणले निजकै दाजु तिज बहादुरले उनको १३ दिने कर्म इटहरीस्थित डम्फुचोकमा रहेको भाई दिपेन्द्रको घरमा गरिरहेको दिपेन्द्रले बताएका छन् ।
युवा जागरण अनलाईन, राष्ट्रिय युवा जागरण साप्ताहिक, हटलाईन दैनिकलगायत आधा दर्जन पत्रपत्रिकामा कलम चलाईरहेका स्वतन्त्र पत्रकार संघ सुनसरीका कार्यालय सचिव तथा प्रदेश १ का सदस्यको जिम्मेवारीमा रहेका थिए । कार्कीले माओवादी जनयुद्धकालमा कलाको माध्यमबाट पूर्व लडाकुको भुमिका समेत निर्वाह गरेर राजनीतिकमा उत्तिकै चासो र चिन्ता राख्ने व्यक्ति थिए ।

माओवादी जनसंस्कृतिक विभागको जिम्मेवारीमा रहेर डाक्स कला सिकाउने काम जनयुद्धकाल र त्यसपछि काठमाडौंदेखि इटहरी र आसपासमा डान्स शिक्षक भएर धेरै प्रतिभाहरुलाई समाजमा कलाको माध्यमबाट उतार्ने काम समेत गरेका छन् । संघसंस्था सञ्चालन तथा प्रक्रिया र पद्दतिका सन्दर्भमा समेत उत्तिकै पोख्त देखिने कार्कीले धेरै क्षेत्रमा योगदान पु¥याएका बहु प्रतिभाशाली व्यक्तित्वका रुपमा परिचित थिए ।

मोरङ र सुनसरी क्षेत्रका आर्थिक पहुँच नभएका र समस्यामा परेका व्यक्तिहरुलाई समन्वय गर्दै झझगडा मिलाउने र छाक टार्ने जोहोको लागि समेत पटक पटक पहल गरेर धेरैको चुल्होमा आगो बालिदिएका व्यक्ति पनि हुन् । आफु पीडामा रहेर, अभावमा छटपटिएर पनि अरुको मुहारमा उज्यालो छर्ने, हाँसो दिन सक्ने व्यक्ति स्वर्गीय कार्की प्रति संचारकर्मीहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पणसहित शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist