दुहबी/ सुनसरीको दुहबी ३ स्थित कोशी राजमार्ग छेउमा दुहबीको पशुपति शिल प्याक उद्योगले फालेको केमिकलका फोहोर बोरा लगायतबाट आगलागि हुदा खानेपानीको १५ मिटर जति मेन पाइप लाइन क्षती भएको जनाइएको छ। दुहबीको दमकल खराव भएकोले इटहरीबाट आएको दमकलले आगो निभाएको दुहबी बारुण यन्त्र शाखाका प्रताप राजबंसिले बताए। उद्योगको लापरबाहीले खानेपानीको मेन पाइपलाइन क्षति भएको र बस्ती र छेउ छाउका उद्योगहरु आगलागीको जोखिममा परेको भन्दै स्थानीयवासिले आक्रोश पोखे। दुहबीको धेरै उद्योगहरुले अव्यवस्थित ढंगबाट फोहोर केमिकल र पानी सिधै नालामा फाल्दा बिगत केही हप्ता देखि दुहबीवासी आन्दोलित छन्। सो विषयमा दुहबी नगर प्रमुखलाई ध्यानाकर्षण समेत गराइएकोले चाडैं समस्याको समाधान हुनेमा दुहबीवासी बिस्वस्त छन्।





