दुहब / सुनसरी को दुहबीमा गत चैत्र ११ गते साँझ दुहबी २ बिरगाउ र दुहबी ९ का युवाहरू बिच सामुहिक झडप भएको बिसयलाइ लिएर जनता समाजबादि पार्टी दुहबी ले शनिबार दुहबीमा पत्रकार सम्मेलन गरी आफ्ना नेता कार्यकर्ता माथी लगाएको झुठा मुद्दा खारेज गर पीडित लाई न्यायदे दोषी माथी तत्काल कार्वाही गर लगायतका माग राखी सो पत्रकार समेलन मार्फत जनता समाजवादी दुहबी नगर समितिका अध्यक्ष कृषण कुमार चौधरीले जानकारी गराएका छन
पत्रकार सम्मेलन मा बोल्दै जसपा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश क का सम्योजक सरोज सिंहले प्रहरी ले सहि अनुसन्धान नगरेकाले वास्तविक पीडित ले न्याय पाउन नसकेको भन्दै आक्रोश पोखे।
उक्त घटनामा आफू सम्लग्न नभएपनी आफु लगायतका साथीहरू माथी झुठो मुद्दा हालेको प्रती चिन्ता प्रकट गर्दै तत्काल उक्त मुद्दा फिर्ता गर्न आग्रह समेत गरे।
उक्त पत्रकार सम्मेलनमा बोल्दै पीडित पक्ष दाबी गर्ने गिता चौधरीले नेपाली काङ्ग्रेसका सुनसरी क्षेत्र नम्बर ३ का अध्यक्ष तथा दुहबी ९ का वडा अध्यक्ष समेत रहेका मेहेदी हुसैन लगायत लाई सम्रक्ष्ण गर्न नेपाली काङ्ग्रेसका सुनसरी क्षेत्र नम्बर ३ का सचिव ओम थापा समेत को संलग्नता रहेको आरोप लगाएकि छिन ।
उता सो बिसयमा ओम थापा सग बुझ्दा आरोपीत चौधरी ले राजनैतिक प्रतिसोधका आधारमा काङ्ग्रेसमा आस्थावान ब्यक्ति हरुलाइ बदनाम गर्न सुनियोजित तवरले मुछ्ने दुस्प्रयास गरेको र राजनैतिक रङ्गभेद दिदै घट्नालाइ अन्तै मोड्न खोजेको बताए।
थापाका अनुसार आफूले वास्तविक पीडित ले न्याय र पिडकले सजाय पाउनै पर्छ भन्दै आएको भएपनी राजनैतिक अभिस्ट पुर्ती गर्न उद्दत केही ब्यक्तिको बहकावमा लागेर सरोकार नै नभएको बिसयमा आफु लगायत काङ्ग्रेस प्रती आस्था राख्ने लाई छानी छानी सो घटनामा जोड्नु आपत्तिजनक भएको सचिव थापाले बताए
पीडित पक्ष दाबी गर्ने सुस्मिता खबाँस भन्छन आफुहरु सुतिरहेको बेला अचानक दुहबी ९ का केही युवाहरूको समुहले आफू माथी दुर्ववहार समेत गरेको आरोप लगाईन । उनि भन्छन आफुहरुको घरमा लुटपाट गरि समाजमा बित्नडना मच्चाउदा आफुहरु समाज बाट बिस्थापित हुदा समेत दोषी लाई प्रहरीले पक्राउ नगरी आफुहरु अन्यायमा परेको हुदा सबै राजनीति दल ,मानवअधिकार कर्मि , संचार कर्मि लगायत सरोकारवाला संग न्यायको लागि अपिल समेत गरेकि छिन ।
कार्यक्रममा बोल्दै दुहबी ६ का वडा अध्यक्ष मुन्ना हलुवाइले यश घट्ना का पीडित लाई न्याय दिलाउन प्रहरी असफल रहेको बताए। झुटा मुद्दा फिर्ता नलिए योत फिलिमको कास्टिङ्ग मात्रै सुरु भएको बताउदै हलुवाइले भने प्रसासनले अझ पनि सुनुवाइ नगरे पुरै फिलिम हेर्ने गरि आन्दोलनको कार्यक्रम अगाडि बढाउने बताए ।
उता सोही घटना लाई लिएर केही दिन अगाडि मात्र दुहबी ९ का युवाहरूले पत्रकार समेलन गरी आफुहरु बास्तविक पीडित आफुहरु भएको दाबी गर्दै न्यायको अपिल गरेका थिए
सो दुहबीको दुई समुह झडपमा दुबै पक्षका गरि करिब १ दर्जन भन्दा बढि घाइते भएका थिए भने दुबै पक्षका गरी ३५ जना विरुद्ध प्रहरीमा मुद्दा दर्ता भैसकेको छ।





