दुहबी/ सुनसरीको दुहबीमा दुई युबा समूहबिच भएको झड्पको दुई हप्ता पछि दुबै पक्षको मुद्दा दर्ता भएको छ। दुहबी वडा नम्बर २ का युबाहरुले ईलाका प्रहरी कार्यालय दुहबीमा १७ जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा,डाका मुद्दा र बाल यौन दुरासयको मुद्दा दर्ता गरेका छन् भने दुहबी वडा नम्बर ९ का युबाहरुले ईलाका प्रहरी कार्यालय दुहबीमा १८ जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा,डाका मुद्दा र जबर्जस्ती करणिको प्रयासको मुद्दा दर्ता गरेकोले अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ। २ हप्ता अगाडी दुहबी वडा नम्बर २ र दुहबी वडा नम्बर ९ का युबाहरुको विवाद पछि झडप उत्पन्न हुँदा दुबै पक्षका एक दर्जन बढी युबाहरु घाइते भएका थिए। अहिले २ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।





