दुहबी/सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ वडा नम्बर ३,४ र ८ स्थित संचालनमा रहेको उद्योगहरुले दुशित फोहोर पानी प्रशोधन न गरि पानिलाई सिधै नालामा फाल्दा दुहबीबासी विभिन्न रोगको उच्च जोखिममा पर्न थालेका छन् ।
स्थानीय केही युवाहरुले कसैले वास्ता न गरेको भनि आक्रोशित हुदै सामाजिक संजालमा आक्रोश पोखेका छन्। दुहबीका स्थानीय बासी बिमल राई, रोमियो,शुभम दाहाल लगायतले सामाजिक संजाल फेसबुकमा दुहबीको विभिन्न उद्योगले फोहोर र दुशित पानी प्रसोधन नगरीकन नालामा दुसित पानी र फोहोर फाल्दा स्थानीयहरुमा आँखा पाक्ने , फ़ोहोर दुर्घन्धित हुनाले स्थानीय हरुमा विभिन्न किसिमको रोग देखा पर्दा समेत आफुहरुले भोट दिएर जिताएको जनप्रतिनिधि हरुले समेत वेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन्। यस्तो छ युबाहरुको आक्रोश 






