दुहवी/सुनसरीको दुहबी ४ स्थित रहेको दुहबी खानेपानी उपभोक्ता समितिसँग दुहबी प्रेस क्लबले ५ बर्षको आय व्यय विवरण बिल भर्पाई सहित सार्वजनिक गर्न माँग गरेका छन।
दुहबी खानेपानी समितिले बिगत ५ बर्षदेखि उपभोक्ता समितिको चुनाव नगरेपछि आर्थिक हिनामिना भएको आशंका भएको जनगुनासोको आधारमा दुहबी प्रेस क्लबले बिहिवार सूचनाको हक प्रयोग गरि आय व्ययको सम्पुर्ण बिल भर्पाई सहितको विवरण सार्वजनिक गर्न माँग गरेको नव गठित दुहबी प्रेस क्लबका अध्यक्ष प्रेमप्रसाद गिरिले जनाएका छन।
उता क्लबका सचिव अर्जुन खडका भन्छन खानेपानीको बिधान अनुसार प्रत्येक बर्ष साधारणसभा गर्नु पर्ने हुँदा समेत बिगत तिन बर्स देखि सो संस्थाले साधारण सभा नगरेको बताए । उनि भन्छन साधारण सभाबाट आय व्यय विवरण आम उपभोक्तामा सार्वजनिक गर्नु पर्नेमा हाल सम्म साधारणसभा नगरेपछि संस्थाप्रति आशंका बढ्नु स्वाभाविक भएको बताए।
क्लबका बरिस्ठ उपाअध्यक्ष अकबर अलि भन्छन दुहबी खानेपानी संस्थाले करिब तिन महिना अगाडि कर्मचारी भर्नाको प्रकृया नपुर्याइ सूचना विज्ञापन प्रकाशन नगरि समितिको निर्णय अनुसार दुई जना कर्मचारी भर्ना गरेको बताए।
दुहबी खानेपानी संस्थाले अपारदर्शी रुपमा रकम हिनामिना गरेको आशंका बयाप्त जनगुनासो आएकाले नव गठित दुहबी प्रेस क्लबले त्यसको पुष्टी गर्नका लागि सूचना मागेका हुन् ।
दुहबी प्रेश क्लबले बिगत २०७२ साल देखि आर्थिक बर्ष २०७७ चैत सम्मको आय व्यय विवरण बिल भर्पाई सहित सार्वजनिक गर्न माग गरेको हो ।
५ बर्ष देखीको आय व्यय विवरण सार्वजनिक नगरेको भन्दै आम्दानी र खर्चको बिवरण सार्वजनिक गर्न सूचना माग गरेको हो । सुचनाको हक सम्बन्धि ऐन २०७२ बमोजिम दुहबी खानेपानी संस्थाबाट आय व्यय विवरण सार्वजनिक गर्न नव गठित दुहबी प्रेस क्लबले माग गरेको हो ।
सो बिषयमा दुहबी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजनारायण प्रसाद रौनियारले केही कारण बस यस संस्थाको साधारणसभा तिन बर्ष यता नभएको स्विकार्दै आगामी २०७८ साल बैशाखमा संस्थाको बार्षिक साधारणसभा गर्ने तथा चुनाव समेत गराउने बताउँदै बैसाखमा चुनाव गराउन नसकेमा आफू अध्यक्षबाट राजीनामा दिने समेत बताए ।
उनि भन्छन् हाल संस्थाको खातामा १ करोड चालु पुजि रहेको र संस्थाले ६ करोड ऋण मध्ये १ करोड ऋण तिरिसकेको बताए । यता सो बिषयमा दुहबी नगर प्रमुख बेददनारायण गच्छदारले दुहबी प्रेश क्लबले उठाएको माँग जायज भएको प्रतिकृया दिंदै दुहबी खानेपानी उपभोक्ता समितिलाइ चुनाव गराउन १ वर्ष अगाडीनै परिपत्र गराएपनी अहिले सम्म के कती कारणले चुनाव न गराएको आफुले बुझ्ने बताए।