दुहबी/सुनसरीको दुहबी ८ स्थित सोनापुरमा रहेको पशुपति आइरन उद्योगले गरेको ठूलो बोरिङ्गले गर्दा वरिपरिका सबै पानीका मुहानहरु सुक्दैगइरहेको र उद्योगले खुल्लारुपमा फलाम पगाल्दा तेसको धुवाँ र रापले प्रदुषण गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् ।
पशुपति आइरन उद्योगले पानी निकाल्ने ठुलो बोरिङ्गले गर्दा वरिपरिका स्थानीय हरुको घर-घरमा रहेको टुवेलमा आउने पानीको मुहानहरु सुक्दैगइरहेको र उद्योगको धुवाँ र रापले प्रदुषण गरेकोमा पटकपटक उधोग व्यवस्थापनलाई भन्दा पनि अटेर गरे पछि आफुहरु बाध्य भएर उद्योग विरुद्ध आन्दोलित हुनु परेको स्थानीय जाबेद रैनले बताए ।
अर्का स्थानीय मोहमद मुस्ताक भन्छन सो उधोग सम्बन्धि दुहबी वडा ८ को कार्यलय लाई पटकपटक आफुहरुले हारगुहार गर्दा समेत हाल सम्म पनि सो उधोग विरुद्ध कुनै प्रकारको कार्वाहीको प्रक्रिया अगाडि नबढाएको गुनासो गरेका छन ।
उद्योगले गरेको ठूलो बोरिङ्गले गर्दा वरिपरिका सबै पानीका मुहानहरु सुक्दैगइरहेको र उद्योगले खुल्लारुपमा फलाम पगाल्दा तेसको धुवाँ र रापले प्रदुषण गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।
यहाका बासिन्दाहरुलाई खाने पानीको ठुलो अभाव भइरहेको र उद्योगबाट निस्कने धुवाँ र रापले वरिपरि बस्नै न सक्ने अवस्था भएको भन्दै स्थानीयहरु आन्दोलित हुँदै आक्रोशित भएका हुन् । उद्योगमा आइरन पगाल्ने प्रक्रियामा लिड र आर्सेनिक जस्ता विषालु तत्वले क्यान्सर हुने सम्भावना भएको स्थानीयहरुको गुनासो छ।





