दुहबी/सुनसरिको दुहबी नगरपालिका वडा नम्बर १२ को श्री शारदा आधारभुत बिधालय मा रिक्त दृस्टिबिहिन करार सेवाको लागि दिइएको बिज्ञापन रद्ध गरिएको छ। बिद्यालय ब्यावस्थापन समिती अध्यक्ष दिलिप मेहेता ,सदस्य सचिब शारदा बिद्यालय का प्रधान अध्यापक शुरेश कुमार खत्री ,नगर शिक्षा प्रतिनिधि बिकास घिमिरे ,शिक्षा बिज्ञ गोपाल माबिका प्र अ आनन्द कुमार चौधरी को संयुक्त बैठक को निर्णय अनुसार गत २०७७ साल फागुन १५ गतेका दिन सम्पुर्ण परिक्षा सम्पन्न गर्ने निर्णय अनुरुप संचालित उक्त परिक्षामा अब्जेक्टिभ परिक्षा सकिदा समय अभाव कारण देखाइ दोस्रो सेसनमा सब्जेक्टिभ परीक्षा गर्ने गरि समापन भएको थियो।
तत्कालै २०७७/११/२० गते संचालक समिती बिद्यालय
प्रअ,लगायतका पधादिकारी हरुको बैठकले फागुन २४ गते बिहान ८ बजे सब्जेक्टिभ परिक्षा संचालन गर्ने निर्णय गरि बोधार्थ नगरपालिका शिक्षा शाखामा पठाए पनि तत्कालै २३ गते पुन अर्कोपत्र जाहेर गर्दै २४ गते १० बजे अर्को परिक्षा को लागि बैठ बस्ने भन्ने अन्योलपुर्ण दुबिधायुक्त पत्र शिक्षा शाखा दुहबी न पा मा पठाएको साथै वडा नम्बर १२ का दृस्टिबिहिन प्रशिक्षार्थी को अब्बल नम्बर हुदा हुँदै बाइपास गरि आफ्ना भाइभारदारको नियुक्तीका लागि आर्थिक प्रलोभनमा परि दृस्टिबिहिन ले समबन्धन दिएको ब्यक्ती कक्षा १२ पास नभएको नजिकको शृजना ग्यानकुन्जको विद्यार्थी रबिन यादब को नाउको प्रबेश पत्रमा समेत प्रधानाध्यापक को हस्ताक्षर नभएको प्रतिलिपी सहित परिक्षा हलमा उपस्थित हुदा उक्त बिबाद निस्केको थियो।
फागुन २४ गते सरस्वती माबी दुहबी मा हुने भनिएको उक्त परिक्षामा यस्ता जालसाझी झेली प्रकृतिका कार्य भएको जानकारी दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदारलाई पूर्व सुचना आएपछि आर्थिक चलखेल हुन सक्ने भन्दै उक्त राहत कोटाको बिज्ञापन रद्ध गरिएको छ।
स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार हरेक पालिकाले स्थानिय स्तरको शिक्षा क्षेत्रमा नगरपालिका को मातहतमा रहने ब्यावस्था रहे पनि अझै पुरातन हिसाबले आआफ्ना भाइभारदार भर्ना गर्न उपल्लो नेता र मन्त्री को फोर्स देखाएर आफू अनुकुल काम गर्ने प्रचलन रहेको हुदा उक्त शारदा स्कुल को दरबन्दी उपर दृष्टि बिहिनको लागि लिएको परिक्षा लाखौ रुपिया चलखेल गरि दोहोरो भुमिका खेलेको हुदा अन्यायमा परेका स्थानिय दृष्टि बिहिन ,शारीरिक अपांगता हरुको अबहेलना भएको भन्दै दुहबी नगरपालिकाले उक्त बिज्ञापन रद्ध गर्ने निर्णय गरेको जनाएको छ।





