दुहबी/सुनसरीको दुहबीलाई आधार क्षेत्र बनाइ पत्रकारिता तथा संंचार क्षेत्रमा कलम चलाउने पत्रकार हरुको साझा थलो दुहबी प्रेस क्लबको आज गठन भएको छ।
लामो रस्सा कस्सीकाबिच सर्ब सहमतिबाट आज गठित उक्त प्रेस क्लबको अध्यक्षमा प्रेमप्रसाद गिरि चयन भएका छन भने बरिस्ठ उपाध्यक्ष तथा प्रबक्ता अकबर अलि,महिला उपाध्यक्ष नवरत्न झा,माहासचिव चन्दन रौनियार,सचिव अर्जुन खड्का,सह सचिव सन्जय साही,कोसाध्यक्ष सन्जय चौधरी सहित को १५ सदस्यीय समिती गठन गरेको छ।
नागरिकको सुचनाको हक स्थापित गर्दै आगामी दिनमा महिला,दलित आदिबासी,जनजाती,मुस्लिम,सिमान्तकृत अल्पसंख्यक, बिपन्न लगायत समाजमा ओझेल परेका बर्ग तथा समुदायको आवाजलाइ सरकार समक्ष पुराउने मात्रै नभै अग्रणी भुमिका खेल्दै उद्योग कलकारखाना मजदुर,गृहणी,निर्माण मजदुर,दैनिक ज्यालादारी लगायतको खोज अनुसन्धान गर्दै जस्ताको त्यस्तै पस्किने यस क्लबको ध्यय रहेको नब अध्यक्ष प्रेमप्रसाद गिरिले जनाए।
यस क्षेत्रमा कार्यरत पत्रकारहरुको हक हित र संरक्षण ,आम नागरिकका समस्या साथै दुहबी लाई रास्ट्रिय अन्तरास्ट्रिय स्तर सम्म पहिचान स्थापित गर्ने उदेश्यले क्लब गठन गरिएको दुहबी प्रेस क्लबका बरिस्ठ उपाध्यक्ष तथा प्रबक्ता अकबर अलिले बताए। प्रेस क्लबले जनता र सरकार बिच पुलको काम गर्ने दुहबी प्रेस क्लबका महासचिब चंदन रौनियारले बताए।
क्लबको दोश्रो बैठकले समाजका वरिष्ठ ब्यक्तित्व र संचार क्षेत्रका वरिष्ठ ब्यक्तीत्वहरु मध्यबाट ३ देखि ५ जनालाई वरिष्ठ सल्लाहकार २ जनालाई कानुनी सल्लाहकार र ३ जनालाई सदस्यमा मनोनित समेत चयन गर्नेछ।





