दुहबी/ सुनसरीको दुहबीमा पहुँच संस्था इटहरीको आयोजना तथा दुहबी नगरपालिकाको आयोजनामा ५ दिने मनोबिमर्श तालिमको आज समापन भएको छ।
दुहबी ३ स्थित दुहबी पार्टी प्यालेसमा ५ दिन अगाडि सुरु भएको मनोबिमर्श तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहालले शुभकामना मन्तव्य दिदैं तालिम लिएर पुर्ण सदुपयोग गर्दै दृढ़ बिश्वास र अत्मबिस्वाश बढने कुरामा आफू बिस्वस्त रहेको बताइन। पहुँच संस्था इटहरीकि अध्यक्ष बिमला ढकालले समाजमा भएको हिंसामा मनमा भएको पिंडालाई कम गराउने उदेश्यले तालिमको आयोजना गरिएको जानकारी दिइन। उक्त तालिम दुहबी नगरपालिकाका मेलमिलापकर्तालाई दिइएको थियो।
उक्त कार्यक्रममा बिशिस्ट अतिथी दुहबी नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार नेउपानेले शुभकामना मन्तव्य दिदैं यस प्रकारको तालीमले क्षमता बिकास हुने र दक्ष जनशक्ति भइ दुबै पक्षलाई मेलमिलाप गराउन सहयोग पुग्ने बताए।





