दुहबी / सुनसरीको दुहबीमा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल/नेपाल समूहले गरेको आमहडतालसहितको नेपाल बन्द दुहबीमा बिहानैदेखि खासै प्रभाव देखिएको छैन ।
बिहानैदेखि बजार व्यवसाय बन्द भएको खासै देखीएन भने केही सवारी साधन सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार मोरङमा बन्दको पर्भाव धेरै भएको कारण सोको असर केही रुपमा दुहबीमा पनि देखिएको जनाएको छ । यता दुहबी क्षेत्रका अधिकांश उधोग हरु सन्चालमा देखीएकाछन ।
आमहडतालसहित प्रचण्ड–माधव समूहले बुधबार नै आजको बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरीले बताएको छ ।सार्वजनिक बस छिटपुट चलेका छन ।