दुहबी/सुनसरीको दुहबीमा जारी पालिका स्तरीय प्रथम उप–प्रमुख महिला भलिबल प्रतियोगिताको उपाधी बराहक्षेत्र नगरपालिकाले चुमेको छ। बुधवार भएको फाइनल खेलमा दुहबी नगरपालिकालाई पछि पार्दै बराहक्षेत्रले उपाधी चुमेको हो। ट्रफी सहित बराहक्षेत्रले नगद २५ हजार र दुहबीले १५ हजार प्राप्त गरेको छ। दुहबी नगर पालिकाकि उपमेयर सुनिता दाहाल शाहको अध्यक्षतामा सम्पन्न प्रथम उप–प्रमुख महिला भलिबल प्रतियोगिताको फाइनल खेल समापन कार्यक्रमका प्रमुख अतिथि रहँनु भएका दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले खेलाडीहरुलाइ हौसला दिनु हुँदै पुरस्कार बितरण गर्नुृ भएको थियो। प्रथम उप–प्रमुख महिला भलिबल प्रतियोगितामा सुनसरीका १० वटा पालिकाबिच दुहबी स्थित श्री सरस्वती माबिको खेल मैदानमा प्रतिस्पर्धा भएको थियो।





