दुहबी/सुनसरीको दुहबीमा किशोरी समुहको सदस्यहरुलाई ७ दिने किशोरी शिक्षा सम्बन्धि तालिमको आज उदघाटन भएको छ। तालिम समुदघाटनका प्रमुख अतिथि दुहबी नगरका कार्यबाहक प्रमुख सुनिता दाहाल शाहले तालिमको उदघाटन गर्नु हुँदै किशोरी लक्षीत कार्यक्रममा किशोरीहरुले भोग्नुपर्ने समस्याको निराकरण गर्नकालागि सामाजिक हिंसा बाट जोगाउने उदेश्यले किशोरीहरुलाइ जिबिकोपार्जनको शिक्षामा पहुँच बढाउन सकिने बिश्वास व्यक्त गर्नुभयो। दुहबीको ५ वटा वडाहरु दुहबी २,७ र १०, ११, १२ का २५ जना किशोरीहरुलाई दुहबी ७ स्थित सिंचाइ भवनमा आवश्यक ब्यबहारिक तालिम दिइने आयोजक संस्था आवाज नेपाल सुनसरीकि अध्यक्ष मेनुका खतीवडाले बताउनुभयो। दुहबी नगरपालिका महिला बिकास शाखाकि अधिकृत दिपा दाहालले प्रशिक्षण दिइने जनाइएको छ।





