दुहबी/सुनसरीको दुहबीमा रास्ट्रिय युबा संघ नेपाल दुहबी नगर कमिटीको आयोजनामा संसद बिगठन गर्न पाइदैन, निरंकुशता चाहिदैन,बयलगाडा चढेर गणतन्त्र आएको होइन भन्ने मुल नाराकासाथ बेलुन उडाएर बर्तमान काम चलाउ सरकारका प्रधानमन्त्री केपि ओलि विरुद्ध बिरोध प्रदर्सन गरिएको छ।रास्ट्रिय युबा संघ दुहबीका अध्यक्ष रामभक्त राइको अध्यक्षतामा गरिएको बिरोध प्रदर्सनमा नेकपाका जिल्ला नेता बिनय कुमार पोखरेल लगायत नेता कार्यकर्ताहरुले संसद भंग गरेपछि सांसद समेत न भएको काम चलाउ प्रधानमन्त्रीले संसद पुनःस्थापन गरेर कुर्सी छोड्नुपर्ने बताउँछन् ।





