सुनसरीको दुहबी ५ स्थित श्री सरस्वती माविमा थारु बिद्यार्थी समाज सुनसरीको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
जिल्ला अधिवेसनको उद्घाट्न सत्रका प्रमुख अतिथि दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले शुभकामना मन्तव्य दिनुहुँदै आफ्नो हक तथा राजनितिक अधिकार सुनिश्चित गर्न थारु बिद्यार्थी समाज एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । बिद्यार्थीहरुलाइ प्रोत्साहन गर्नुहुँदै मेयर गच्छदारले रोजगारमूलक प्राविधिक शिक्षामा जोड दिनुभयो । आफ्नो हक अधिकार स्थापित गर्नकालागि यूवाहरुलाइ राजनितिमा लाग्न प्रेरित गर्नुहुँदै मेयर गच्छदारले वर्तमान सरकार भ्रष्टचारमा लिप्त भएर अगुवा नेता तथा सांसद बिजय कुमार गच्छदार र रेशम चौधरीलाइ झुटा मुद्दामा फसाएर राज्यले विभेद गरेको भन्दै सडकमा उत्रेर आन्दोलन गर्नुको बिकल्प न रहेको
बताउँनुभयो ।
थारु बिद्यार्थी समाज सुनसरीका अध्यक्ष राजेश कुमार माझीको अध्यक्षतामा भएको जिल्ला अधिवेसनको उद्घाट्न सत्रमा शुभकामना मन्तव्य दिनुहुँदै थारु बिद्यार्थी समाज नेपालका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद चौधरी लगायतका थारु अगुवाहरुले जातिय उत्थान र थारु बिद्यार्थीहरुको समस्या हल गर्नकालागि संगठित भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा गढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोदकुमार चौधरी र गायिका गिताकुमारी चौधरीलाइ सममान समेत गरिएको
थियो ।
उद्घाटन सत्रको कार्यक्रममा टेकेन्द्र चौधरी लगायतलाई प्रसंसा पत्र समेत प्रदान गरिएको थियो। जिल्ला अधिवेसनको उद्घाट्न सत्रमा शिक्षक बिद्यार्थीहरु लगायतको उल्लेख्नीय सहभागिता रहेको थियो ।
आजै बन्द सत्रले थारु बिद्यार्थी समाज सुनसरीको २७ सदस्य नयाँ जिल्ला कार्य समिति चयन गरेको थियो। राजेश कुमार माझि पून: जिल्ला अध्यक्षमा चयन भएका छन्। उपाध्यक्षमा ३ जना सकुन्तला कुमारी चौधरी,राजकुमारी चौधरी र सुवास चौधरी निर्वाचित भएका छन् । सचिबमा सोनम चौधरी, सहसचिब सरोज बिश्वास कोषाध्यक्ष गौरव चौधरी चयन भएका छन् । सदस्यहरुमा मनि बिश्वास,संजिता सिंह खवास, सुस्मिता माझी लगायत रहेका छन् । सुनसरी जिल्ला भरिको २१ वटा कलेजबाट १०५ जना प्रतिनिधिहरुबाट जिल्ला कार्य समिति गठन गरिएको हो। कार्यक्रममा १५० जनाको उपस्थिति रहेकोे थियो।





