सुनसरीको दुहबी जेसिजको जेसिज सप्ताह समापन तथा
पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। शनिबार आफ्नै भवनमा दुहबी जेसिजले जेसिज सप्ताह समापन गरेको हो। जेसिज सप्ताह अन्तरगत दुहबी जेसिजले इटहरीको माया घरमा कम्बल वितरण, दुहबीमा स्वागत बोर्ड स्थापना, मास्क वितरण, रक्तदानमा सहकार्य तथा दुहबीको १२ ओटै वाडमा सेनेटेरी प्याड बनाउने तालिम कार्यक्रम सम्पन्न गरेको दुहबी जेसिजकि अध्यक्ष बिमला सुवेदी कार्कीले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाह र बिशिस्ठ अतिथी दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष मुन्ना हलुवाइले शुभकामना मन्तव्य दिनु हुँदै दुहबी जेसिजले समाजमा गरेको योगदानको बिषयमा चर्चा गर्नुभयो । कार्यक्रम उदघोषण दुहबी जेसिजकि महासचिब सुस्मा चौधरी ले गर्नु भएको थियो।





