सुनसरीको दुहबीमा ऋद्धि सिद्धि बचत बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आफनो वार्षिक साधारण सभालाई बिगत वर्षहरुमा भन्दा फरक ढंगबाट सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष रामकुमार पाठले बार्शिक आय ब्यय प्रतिबेदन प्रस्तुत गर्नु हुँदै यस वर्ष कोरोना भाइरसको महामारीका कारण सदा झैं साधारण सभा गर्दा मानव स्वास्थमा जोखिम हुने भएकोले सहकारी बिभागको सूचना तथा छाता संगठनको निर्देशिकाका आधारमा संस्थाले “महामारीमा साधारण सभा सञ्चालन सम्वन्धि कार्यविधि–२०७७” निर्माण गरी साधारण सभा सम्पन्न गरेको
बताउनुभयो ।
साधारण सभामा प्रमुख अतिथि दुहबी नगर उपप्रमुख सुनिता दाहाल शाह र बिशिस्ठ अतिथी दुहबी वडा नम्बर ६ का वडाअध्यक्ष मुन्ना हलुवाइले शुभकामना मन्तव्य दिनु हुँदै ऋद्धि सिद्धि साकोसले समाजमा गरेको योगदानको बिषयमा चर्चा गर्नुहुँदै सहकारीले गरिबी निबारणमा सहयोग पुग्ने बताउनु भयो। साधारण सभामा संस्थाका उपाध्यक्ष सरोजकुमार सिंहले स्वागत मन्तव्य दिनु भएको थियो भने कार्यक्रम उदघोषण संस्थाका व्यवस्थापक शिव उराँवले गर्नु भएको थियो।





