सुनसरीको दुहबीमा ऋद्धी सिद्धी बचत तथा ऋण सहकारी संस्था ली. दुहबीको आयोजना तथा लायन्स क्लब अफ दुहबी र लियो क्लब अफ दुहबीको सहकार्यमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज दुहबी ३ स्थित कोशी राजमार्ग छेउमा भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटी नेपालको प्राबिधिक सहयोगमा ४४ पिन्ट रगत संकलन गरिएको थियो । संस्थाको नीति अनुरुप बार्शिक उत्सबको अबसर पारेर बृहत रक्तदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामकुमार पाठकले बताउनुभयो।





