विराटनगर / प्रहरीले बिहीबार राति विराटनगर महानगरपालिका–९ स्थित हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट छ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् ।
पक्राउ परेका अन्यको नाम खुलाइएको छैन । अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई राति ९ः४५ बजेतिर नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको छ ।
उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।