दुहबी / सुनसरीको गढी गाउँपालिका ४ मा जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहबीमा शुक्रबार उजुरी परेको छ ।
गढी गाउँपालिका ४ की ३५ वर्षिया महिलालाई जवरजस्ती करणी गरेको भन्दै सोही ठाउँका १९ वर्षिय रामकुमार उराँव विरुद्ध प्रहरीमा उजुरी परेको हो ।
पीडितले आफुलाई कार्तिक ११ गते मंगलवार घाँस काटन गएको मौका छोपी धानबालीमा आफुलाई बलत्कार गरेको भन्दै उजुरी दिएको हो ।
पीडित महिलाले पीडक उराँव बिरुद्ध जवरजस्ती करणी महलमा कार्वाही गर्न माग गर्दै उजुरी गरेको पिडित परिवारले कोचिला खबर लाई जानकारी दिएका हुन ।
बलत्कारसँगै आफुलाई घटना बाहिर ल्याए ज्यान मार्ने धम्की समेत दिएको उजुरीमा उल्लेख गरिएको छ ।
सो घटना विषयमा दुहबी ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक घनेन्द्र हाँङ खजुम संग बुझदा पीडितले उजुरी दिए पनि पीडित महिलाको मेडिकल रिपोर्ट आउन बाकी रहेकोले उजुरी दर्ता आईतवार मात्र हुने बताए ।
उनका अनुसार पीडितको कार्तिक १४ गते स्वास्थ्य परीक्षण इनरुवा अस्पतालमा गरिएको छ भने पीडक फरार रहेको र थप अनुसंधान भईरहेको प्रहरी निरीक्षक खजुमले बताइएको छ ।