इटहरी / विश्व बालिका दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको पहलमा हरेक वर्ष संसारभर अक्टुबर ११ तारिखका दिन सो दिवस मनाउने गरिन्छ । यसै अवसरमा प्लान इन्टरनेसनलले पनि बर्षेनी बिभिन्न कार्यक्रमहरू गर्दै अइरहेकाे छ ।
युवतीहरुलाई डिजिटल सीप र अनलाइन सञ्चार माध्यममा पहुँच हेस् भन्ने उदेश्यका साथ यस बर्ष नेपालमा डिजिटल टेकओभर गर्ने छ । गैरसरकारी संस्था प्लान इन्टरनेशनल र भिजन ३६० को सहकार्यमा नेपालका बिभिन्न अनलाइनहरूमा २४ जना वालिकाहरू सहभागि हुने छन् । डिजिटल टेकओभर अन्तर्गत किशेरीहरूलाइ एक दिनका लागि सम्बन्धित अनलाइनहरूमा एक्टिङ् इडिटरकाे जिम्मेवारी निर्वाह गर्न लगाइनेछ । अक्टाेबार ८ देखि ११ सम्म उक्त कार्यक्रमकाे आयाेजना हुने जनाइएकाे छ ।
डिजिटल टेकओभर अन्तर्गत शुक्रबार पूर्वेली न्यूजकाे प्रधान कार्यालय इटहरी ६ सुनसरीमा २ किशाेरीहरूले सम्पादककाे जिम्मेवारी निर्वाह गरेका छन् । श्रृजना लुईटेल र साेनि मेहेताले सम्पादककाे जिम्मेवारी निर्वाह गरेका हुन् ।
उनीहरूले अनलाइन सञ्चार माध्यममा समाचार सम्पादन र सम्पादककाे जिम्मेवारी बहन गरेका थिए । उनीहरूले आफैले लेखेका समाचार साथै पूर्वेली न्यूजका विभिन्न रिपाेर्टरहरूले पठाएका समाचारहरू सम्पादन तथा प्रकाशन गरेका थिए । कार्यक्रमकाे नेतृत्व कबिता मण्डलले गरेकी थिइन् । साथै उक्त कार्यक्रममा सहजिकरण पूर्वेली न्यूजकाे टिमले गरेकाे थियाे ।





