दुहबी /सुनसरीको गढिमा दैनिक जिविकोपार्जनमा समस्या भएका ८ सय ३४ परिवारलाई ७ चरणमा गरि खाद्यान्न सामाग्री वितरण गरिएको छ।‘गढी फुड बैँक’मार्फत् बिपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो। गढीका युवा समुहले सुरु गरेको खाद्यान्न वितरण कार्यक्रमले बिहीवार पनि निरन्तरता पाएको थियो। युवा समुहले गढी गाउँपालिकाभित्र रहेका गरिव,विपन्न,कोरोना संक्रमितका परिवार र समस्यामा परेका समुदायलाई खाद्यान्न वितरण गर्दै आएको सो अभियानका सदस्य विद्यानन्द यादवले जानकारी दिएका छन। उनका अनुसार चामल,दाल,तेल लगायतका खाधान्न सामाग्री वितरण गरिएको बताए।
कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय दैनिक ज्याला मजदुरी गरेर खाने समुदाय, गरिव तथा विपन्न परिवारलाई दैनिक जिविकोपार्जन गर्न समस्या भएको छ । सोहि समुहलाई ध्यानमा राखेर सुनसरीका विभिन्न ठाउँमा युवाहरुले ‘फुड बैँक’ मार्फत खाद्यान्न वितरण गर्न थालेका हुन।





