बुढीगंगा/मोरङको बुढीगंगा गाउँपालिका कार्यालय छेउमा रहेको नहरमा शुक्रबारे हाटमा भौतिक दुरिको धज्जी उडाउदै स्थानीयहरुले मोरङ जिल्ला प्रशासनको सूचनालाई अटेर गरेका छन्। सो विषयमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझि भन्छन् जनतालाई बुझाउनै सकिएन अब प्रहरीलाई खबर गर्छु। कोरोना माहामारिमा हटिया तथा भेला न गर्न मोरङ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरे पनि स्थानीय तह र प्रहरीले आवश्यक समन्वय र कोरोना नियन्त्रणमा ध्यान न दिदा बुढीगंगामा हटिया लागेको स्थानीय बुद्धिजिबिहरु
बताउँछन् । मोरङ जिल्लामा बेलुका ७ बजे सम्म भौतिक दुरि कायम गरेर पसल तथा ब्यबसाय भने खोल्न छुट दिइएको छ।





