दुहवी / पछिल्लो केही दिन यता सुनसरी – मोरङ सगै दुहबीको समुदाय स्तरमा कोरोना संक्रमित बढ्न थालेको छ । सर्वसाधरणकै अटेरीका कारण समुदायमा कोरोना फैलिएको छ
समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि सम्बन्धित स्थानिय तहले आफ्नो पालिकामा प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रतिनिधिहरुको बैठकबाट निशेधाज्ञा गर्ने निर्णय गरे पनि अधिकांस व्यापारीहरुले निर्णय मानेका छैनन । त्यो संगै सर्वसाधरणहरु पनि लखर लखर प्रहरीको आखा छल्दै हिड्ने क्रम रोकिएको छैन ।
लकडाउन शुरु भएपश्चात पनि सडक बजारमा भिडभाड बढेको छ । सर्बसाधरण र व्यापारीले अटेर गर्दा कोरोना समुदायमा फैलिदै गएको हुन । बारम्बार आग्रह गर्दा पनि अटेरी पन देखाउदा समस्या बढ्दै छ ।
दुहबीमामा जारी लकडाउनमा सबै व्यवसायिक पसल प्रतिष्ठानहरु बाहिरबाट बन्द गरे पनि भित्री रुपमा खोल्दा थप जोखिम बढ्न थालेको छ ।
अहिले दुहबीमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । कोरोना परिक्षण गर्न पिसिआर दिएर पनि हिड्नाले थप जोखिम बढाएको छ ।
आज सम्म दुहबीमा २३ जनामा कोरोना सङक्रमित देखा परि सकेकोछ ।