सुनसरीको दुहबी ८ स्थित संचालनमा रहेको अन्नपूर्ण जुत्ता चप्पल उधोगमा कार्यरत महिला मजदुरको असमायीक निधन प्रती श्रद्धाञ्जलि दिनजाँदा सोही उधोगमा काम गर्ने तीन मजदुरलाई केहि साता अगाडी जागिर बाट अवकास दिएको थियो । हाल सम्म पनि जागिर बाट हात धोएका तिन मजदुरले पुन जागिर नपाए पछि अन्यायमा परेका छ्न ।
सो उधोगका मालिक बिकि पौदार सङ्ग जागिरमा पुन वहालि गर्नु भन्न जादा उधोग मालिकले आफुहरु लाई जागिर दिन नस्कने भन्दै केहि रकम लिएर अरु रोजगार गर भन्ने गरेको पीडित मजदुर चन्दन खाँ ले बताए। खाँ का अनुसार उधोग मालिकले जर्बजस्ती आन्दोलन गरे हत्कडि लगाई दिने समेत धम्कि दिने गरेको बताए । उनका अनुसार २०७७/२/१३ गते सोही उधोगमा कार्यरत महिला मजदुर समिना खातुनको असमायीक निधन प्रति श्रद्धान्जलि दिनको लागि उधोग प्रशासन प्रमुख अनिल पोखरेल सङ्गकै सहकार्यमा सो दिन बिना तलबि उधोग छुट्टि गरेर आफु लगाएत सम्पुर्ण मजदुर हरु मृतकको घरमा गएको बताए ।
उनी भन्छन उधोग छुट्टी भएको भोलिपल्ट उधोगमा काम गरिरहेको बेलामा अचानक उधोग व्यवस्थापकले आफु लगायत युनियनका सचिव उमेश कुमार माझी र सोहि उधोगका मजदुर नेता तथा नेपाल कारखाना श्रमिक सघका ईकाई अध्यक्ष शुगिन्द्र बिश्वास लाई स्पष्टीकरण दिदा सो स्पष्टीकरणको जवाफ चित बुझदो नभएको भनदै २०७७/३/५ गतेको दिनबाट उद्योगको सेवाबाट हटाईएको अवकास पत्र दिदा आफुहरु अन्यायमा परेकोले न्याय को लागि सबै सरोकार बाला सङ्ग अपिल समेत गरेकाछन ।
सोहि उधोगले निस्कासन गरेका अर्का मजदुर नेता शुगिन्द्र बिश्वासका अनुसार आफुहरु जहिले पनि मजदुरको हकअधिकारको मुद्दामा जहिले पनि आवाज उठाउने गरेको हुनाले उधोग व्यवस्थापकले सडयन्त्र तरिकाले आफुहरुलाई जागिर बाट निकालेको बताए । हाल दुहबी क्षेत्रमा दर्जनौ उधोगले सयौं मजदुर लाई दिनहु उधोगमा काम कम भएको बाहाना गर्दै जागिर बाट निकाल्दा समेत अहिले केन्द्र देखि जिल्ला सम्मका मजदुर नेताहरु मुख दर्सक भएको देखिन्छ, दुहबीको कतिपै उधोगमात नेपाल सरकारले तोकेको ज्याला समेत नदिएको मजदुर हरु गुनासो गरेका छन।
नाम नखुलाउने सर्तमा एक मजदुरले भने सरकारले तोकेको ज्याला माग्दा जागिर बाट निकाल्दिने समेत धम्कि दिने गरेको बताए ।उनकाअनुसार केहि उधोग हरुमात उधोग हेर्दीने देखि मजदुरहरु लाई आफ्नो अधिकार लिन आन्दोलन नगर्न दिन दादा भत्ता देखि उधोग भित्रमा काम गर्ने मजदुरको कम ज्यालामा काम लगाउन ठेक्का समेत उधोग मालिक हरुकै संग्नतामा दिने गरेको खुलासा समेत गरे।