एलएन गच्छदार/कोचिला खबर
मोरगंको सुन्दरहरैचामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन ।
प्रगती महिला समाज्ले अस्पतालमा रगत अभाव भएको गुनासो आइरहदा समाजिक सेवा भावले कार्यक्रम आयोजना गरेको हो
प्रगति महिला समाजको आयोजनामा लकडाउनका कारण रक्तदान कार्यक्रमहरु कम भई रहेको तर्फ मध्यनजर गर्दै अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको हो । मोरङको सुन्दरहरैंचा- ४ को वडाकार्यालयको प्रागङनमा भएको उक्त कार्यक्रममा भएको हो।
आयोजक संस्थाकी अध्यक्ष पावर्ती गच्छदारको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा ३६ जना महिला ,पुरुषले रक्तदान गरेका हुन । प्रमुख अतिथी रायमाझीले संस्थाले गरेको सामाजिक उतरदायित्व सराहनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । बाइट
रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधि सहयोग रहेको थियो । सुन्दरहरैंचा नगरपालिका लेखा प्रमुख शेखर ढकालले रक्तदान गर्दै सुरु भएको कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. विपेश आचार्य लगायत संचारकर्मीले समेत रक्तदान गरेका छन। डा. आचार्यले कोरोना संक्रमित संख्या बढिरहेको बेला रगत अभाव हुँदा यश किसिमको कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो। त्यसै संस्थाले यश भन्दा अगाडि गत कार्तिकमा मृगौलिया स्वास्थ्य चौकी समेत आयोजना गरेको थियो भने संस्थाले तालिम सीप बिकासका कार्यक्रम समेत मोरङ जिल्लाको विभिन्न स्थानमा गर्दै आएको छ। बाइट पार्वती गच्छदार अध्यक्ष प्रगती महिला समाज , सुन्दरहरैचा
त्यसै गरि सोही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुंगाना , वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो। रक्तदान नै जिवनदान हो भन्ने नारा सहित गरिएको कार्यक्रमबाट स्वास्थ्य क्षेत्रमा त सहयोग पुग्ने नै भयो । यस किसिमको संस्थाले समाजिक काम गर्दै अझै रचनात्मक भुमिका निर्वाह गर्न सके समाज चेतनामूलक बन्दै जान सक्छ । कृषि टेलिभिजनका लागि मोरङ su