सुनसरीको दुहबी ४ मा ५ लाखमा बनेको ड्रेन पर्खाल १ महिनामै भत्किन सुरू भएको छ । २०७७ असार १५ मा निर्माण पूरा गर्ने सम्झौता भएको सो पर्खाल भत्किन सुरु भएपछि स्थानीयले गुनासो गरेका छन् । सो विषयमा निर्माण कम्पनीले भदौमा पुन काम गरेर निर्माण सम्पन्न गर्ने जनाएको छ ।