जुगेश दास सुनसरी / सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर -४, हरिनगरा बजार बस्दै आईरहेकी र लामो समयदेखि स्तन क्यानसरबाट पीडित सीता देवी साह अहिले जीवन र मृत्युको दोसाँधमा छिन्। भरतपुरस्थित बी.पी. कोइराला क्यानसर अस्पतालमा उपचार गराइरहेकी उनलाई चिकित्सकहरूले अब सर्जरीको आवश्यकता रहेको बताएका छन्। तर, आर्थिक अभावका कारण उनको उपचार प्रकृया अगाडि बढ्न सकेको छैन।
सीता देवीको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको जीवन अस्तव्यस्त बनेको छ। उनका श्रीमान रविन साह आफ्नो तीन सन्तानहरूको पालनपोषण र श्रीमतीको उपचारको बोझ बोक्न निकै कठिनाइमा परेका छन्। परिवारमा दुई छोरीहरू (१४ र १२ वर्ष) र एक ९ वर्षको छोरा रहेका छन्।
चिकित्सकहरूले सर्जरी र थप उपचारका लागि ठूलो रकमको आवश्यकता पर्ने जनाएका छन्। तर, आर्थिक अभावले गर्दा सीता देवीको उपचार अवरुद्ध भएको छ। यसले उनको स्वास्थ्यमा थप जटिलता निम्त्याउने जोखिम बढेको छ।
सीता देवीका परिवारले समाजका दयालु व्यक्तिहरू, संघ–संस्था, र सरकारलाई सहयोगका लागि आग्रह गरेका छन्। पीडित परिवारको तर्फबाट उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैले आफ्नो तहबाट सहयोग गर्ने अपिल गरिएको छ।
सहयोग गर्न चाहनेले सीता देवीका श्रीमान रविन साहसँग सम्पर्क गरेर आर्थिक वा अन्य प्रकारको सहयोग पुर्याउन सक्नुहुनेछ। यो सहयोगले सीता देवीको जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।
सम्पर्क विवरण:
श्रीमान: रविन साह
स्थान: हरिनगर गाउँपालिका वडा नं. ४, हरिनगरा बजार
उपचार हुने अस्पताल: बी.पी. कोइराला क्यानसर अस्पताल, भरतपुर
बैंक : सिटिजन्स बैंक हरिनगरा शाखा
बैंक खाता नम्बर : 1890100002615052