- सुनसरीमा स्वतन्त्र पत्रकारहरू एक हुदै:गठन भयो नयाँ कार्य समीत
ईनरुवा / राजनीतिक दलसंग आस्था राख्ने तर स्वतन्त्र रूपमा पत्रकारीता गरिरहेका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ नेपालले सुनसरीमा नयाँ कार्यसमिति चयन भएको को छ । दुहबीका अग्रज पत्रकार अकबर अलिको अध्यक्षतामा हाललाइ १७ जना सदस्यहरू रहनेगरी कार्यसमिति चयन गरिएको हो ।
सोमबार ईनरुवामा भएको पत्रकारहरूको भेलाले वरिष्ठ उपाध्यक्षमा गणेश कुमार यादव उपाअध्यक्षमा जुगेश्वर कुमार दास , सचिवमा रबिन्द्र कुमार यादव सह सचिवमा मोहसिम अंसारी , कोषाध्यक्षमा तजमुल हुसेन सह कोषाध्यक्षमा रन्जना राज वंशि सदस्यहरूमा
राजन कुमार साह , लुकमान अन्सारी , फिरोज आलम , पार्वती चौधरी , अर्जुन चौधरी, अभिसेक मण्डल , रुपेस मोची , समसेर आलम लगायत रहेका छन ।
पत्रकारहरूकै भेलाले दुहबीका जेष्ठ एवम अग्रज पत्रकार प्रेम प्रसाद गिरि लाई केन्द्रिय पार्षदमा मनोनित गरिएको छ । तेसै गरी कोशी प्रदेश पार्षदमा लुकमान अन्सारी लाई मनोनित गरिएको छ।
सुनसरीमा पत्रकारहरूको संख्या दिन प्रतिदिन थपिदै गएको बिद्यमान अवस्थालाइ मध्यनजर गर्दै अधिकांस पत्रकारहरू राजनीतिक दलसंग आवद्ध रहि उनिहरूकै संगठन तर्फ केन्द्रित बनेपछि स्वतन्त्र रूपमा जो कुनै राजनीतिक दलहरूसंग आवद्ध नभइ स्वच्छ रूपमा काम गर्दै आएका पत्रकारहरूको हक हित तथा संरक्षणका निमित्त सुनसरीमा पनि स्वतन्त्र पत्रकारहरू छन भनेर देखाउन तथा पहिचान गराउन यो संघको स्थापना गरिएको स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य प्रेम प्रसाद गिरिले बताए ।
भेलामा स्वतन्त्र पत्रकार संघ नेपालका कोशि प्रदेश संयोजक तथा बरिष्ठ पत्रकार देवेन्द्र ढुंगानाले नव निर्वा्चित पदाधिकारीहरूलाइ अविरको टिका लगाएर स्वतन्त्र रूपमा पत्रकारीता गर्न सुभकामना सहित सुझाव दिएका थिए ।