विराटनगर । विवादित जापान भ्रमणका कारण आलोचित बनेर अनुसन्धानको घेरामा तानिएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्
उनले प्रहरीमा आत्मसमर्पण गर्ने तयारी गरेका थिए । तर प्रहरीले आइतबार अपरान्ह उनकै निवासबाट प्रहरी भ्यानमा हालेर विराटनगर विमानस्थल तर्फ लगेको हो ।
अधिकारीले अनुसन्धानलाई सहयोग गर्न भन्दै आजै अपरान्ह १ः५० को यति एयरबाट काठमाडौँ जाने तयारीमा रहेको बताएका थिए । पूर्वमन्त्री अधिकारीलाई शनिबार साँझदेखि नै प्रहरी पुगेर निगरानीमा राखेको थियो ।
उनी पक्राउ पर्ने भएपछि आफैं प्रहरीमा आत्मसमर्पण गर्न लागेका थिए । प्रहरीले भ्यानमा हाल्नु अघि उनले आफु अनुसन्धानलाई सहयोग गर्नकै लागि काठमाडौं हिँडेको बताए
‘अनुसन्धानमा सहयोग पुर्याउनु पर्छ, म कानुनभन्दा माथि छैन’ अधिकारीले भने, ‘कानुनलाई सहयोग पुर्याउनु मेरो कर्तव्य हो ।