• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा चौधरी ग्रुपले हडपेको जग्गामा निजामती सेवा अस्पताल खोल्ने नगर प्रमुख गच्छादारको तयारी

काेचिला खबर by काेचिला खबर
10/29/2024
in FEATURE, स्थानीय
59
SHARES
268
VIEWS
Share on FacebookShare on Twitter

 

दुहबी / तत्कालिन दुहबी आदर्श गा बिस ले २०४९/१२ /१७ मा उपाध्यक्ष गौरिशंकर रौनियारको अध्यक्षता मा गठित जग्गा हस्तान्तरण समितिले चौधरी गुरुप लाइ जग्गा कौडीको भाउमा हस्तान्तरण गरे पछि बिबाद चुलिदै आएको थियो। कालान्तरमा उक्त जग्गा हाल चौधरी ग्रुपले नेपाल सरकार लाइ जग्गा फिर्ता गर्ने तयारी गर्दै गर्दा सो जग्गामा निजामति सेवा अस्पताल सन्चालन गर्न दुहबी नगर प्रमुख बेद गच्छादारले कदम अगाडि बढाइसकेका छन्।

नेपाल सरकारका मुख्य सचिव अध्यक्ष रहने उक्त निजामती अस्पताल को सन्चाल बारे अन्तिम तयारी पुरा भैसकेको नगर प्रमुख गच्छादारले जनाएका छन्। २०५१/१० /१५ मा २२२ दर्ता कायम गरेको लुनकरण दास गंगादेवी च्यारिटि हस्पिटल दुहबिले केहि साल सेवा प्रवाह गरेपनि हाल बन्द रहेको छ्। बासवारी कन्ड पछि चौधरी गुरुप अतालिएर २०८० फागुन ४ गते को असाधारण बैठक बाट निर्णय गराइ सस्था दर्ता ऐन २०३४ को दफा १४ मा ब्यावस्था भए अनुरुप जग्गा फिर्ताको लागि निर्णय गरे पस्चात दुहबी नगर पालिकामा २०८० /११/११ मा सस्था बिघटनको लागी निवेदन दिएका थिए।

दुहबी नगर प्रमुख गच्छादारले पटक पटक संबाद गरे पनि आनाकानी गरेका चौधरी ग्रुपले हाल जग्गा फिर्ता गर्नु आस्चर्य मात्रै होइन उदेक को बिषय बनेको स्थानिय हरु बताउछन्। नगर प्रमुख गच्छादारले अनुनय बिनय गर्दा समेत नमाने पछि अन्योल रहेको बिबादित चौधरी ग्रुपको जग्गा हाल फिर्ताको तयारी हुदैगर्दा नगर प्रमुख ले सो स्थानमा निजामति सेवा अस्पताल सन्चालन गरेरै छाड्ने प्रतिबद्दता सहित काम अगाडि बढाइसकेका छन्। उक्त अस्पताल सन्चालन बए कोशि प्रदेशका निजामति सेवा का कर्मचारी मात्रै हैन सर्वसाधारण जनतामा समेत फाइदा पुग्ने छ। अर्बपति विनोद चौधरी र उनका भाइ बिनोद चौधरी र अरुण चौधरीसहित (चौधरी ग्रुप)ले सुनसरीको दुहबी नगरपालिकामा पनि गैरकानुनी रुपमा ११ कठ्ठा १३ धूर जग्गा चौधरी ग्रुपले हडपेको पाइएको छ । उक्त विषय सुनसरीस्थित अख्तियार अनुसन्धान आयोगमा पनि पुगेको छ । अख्तियारले छानविन गरिरहेको स्रोतको दाबी छ ।

सुनसरीको दुहबी आदर्श गाविस वडा नम्बर ७ (हाल दुहबी नगरपालिका ५) मा रहेको जग्गा विनोद चौधरी र बसन्त चौधरीले बुबा लुनकरण दास र आमा गंगादेवी चौधरीको नाममा ‘लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल’ बनाउने भन्दै आफ्नो नाममा लगेको देखिन्छ । गाविसको नाममा रहेको उक्त जग्गा हस्तान्तरणको लागि गाविसका अध्यक्ष धु्रवनारायण विश्वास, उपाध्यक्ष गौरीशंकर रौनियारसहित ११ जनाले हस्ताक्षर गरेर निर्णय गरेको पाइएको छ ।

तत्कालीन दुहवी आदर्श गाविसका नाममा रहेको ७ (ख) कि.न.१९ ज.वि (०–९–८) ९ कट्ठा ८ धुर जग्गा र त्यहाँ रहेको भवन चौधरी ग्रुपले २०५० साल चैत २३ गते १ लाख रुपैयाँ गाविसलाई दिएर च्यारिटीको नाममा जग्गा लगेको हो । उक्त जग्गामा अस्पताल सञ्चालन गर्ने चौधरी ग्रुपको शर्त थियो । दुहबी बजारदेखि करिब डेढ सय मिटर नजिकमा रहेको जग्गामा केहि समय अस्पताल सञ्चालन गरिएको भएपनि अहिले बन्द छ ।

च्यारिटीको नाममा जग्गा दिन तत्कालिन जनप्रतिनिधिसहित ७० जनाले समर्थन गरेका थिए । २०४९ साल चैत्र ४ गते बुधवार तत्कालीन दुहवी गाविसको बैठकले जग्गा दिने निर्णय गरेको थियो । निर्णयमा भनिएको छ ‘दुहवी आदर्श गाविस वडा नम्बर ७ (ख) कि न.१७, १८ र १९मा रहेको अधुरो अस्पताल भवन गाविसको आर्थिक अवस्थाको कारण पुरा हुन नसकेकोले उक्त अधुरो भवनमा श्री चौधरी ग्रुप एवम् उद्योगपति तथा समाजसेवी वसन्त चौधरीज्यूले आफ्नो निजी स्रोतमा उक्त अधुरो अस्पताल भवन पुरा गरी लुनकुरण दास गंगादेवी चौधरी च्यारीटी अस्पताल नामक अस्पताल समेत सञ्चालन गर्न इच्छा व्यक्त गर्नुभएको हुँदा उक्त अधुरो अस्पताल भवनको निर्माण कार्य पुरा गरी अस्पताल सञ्चालन समेतको सम्पूर्ण दायित्व श्री चौधरी ग्रुपमा रहनेगरी अस्पताल सञ्चालन गर्न अनुमति दिने सर्वसम्मतिबाट निर्णय गरियो ।’

सोही बैठकले तत्कालीन गाविस अध्यक्ष धर्मनारायण विश्वासको अध्यक्षतामा तीन सदस्य अस्पताल पुनः निर्माण समिति समेत बनाइएको थियो । त्यसको सदस्यहरूमा हरि लम्साल र राम प्रसाद रौनियार थिए । यद्यपि सबै निर्णय गर्ने अधिकार भने अध्यक्षलाई नै दिइएको थियो ।

२०४९ चैत ६ गते शुक्रबार बसेको बैठकले भने चैत ७ गते शनिबार स्वामित्व हस्तान्तरण गर्नका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बोलाउने निर्णय गरेको थियो । कोइरालाले जग्गाको स्वामित्व च्यारिटीलाई हस्तान्तरण गरेका थिए भने अस्पतालको उद्घाटन भने तत्कालिन युवराज दिपेन्द्र शाहबाट गरिएको थियो ।

अहिले च्यारिटीले जग्गामा अस्पताल पनि सञ्चालन नगरेकोले जग्गा फिर्ता गर्न दुहबी नगरपालिकाले ताकेता गरिरहेको जनाएको छ । तर, चौधरी ग्रुपले नसुनेको पालिकाका प्रमुख बेदनारायण गच्छदारले बताएका छन् । ‘हामीले उक्त जग्गा फिर्ता गर्न बसन्त चौधरीलाई पत्र लेखेका पनि छौं । मौखिक रुपमा भनेका पनि छौं’ उनले भने, ‘तर, अहिलेसम्म फिर्ता भएको छैन, जग्गा फिर्ता गरिदिए चौधरीका बुबाआमाको प्रतिमा राखेर अस्पताल सञ्चालन गर्न तयार छौं ।’ बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको विषयमा पनि चौधरी ग्रुपलाई अफ्ठेरो परेकोले थप अप्ठ्यारो नपरोस् भन्ने चाहना रहेको गच्छदारले बताए । २०७४ सालमा नगरपालिकाले नगर अस्पताल सञ्चालन गर्नका लागि सो जग्गाको खोजी गर्दा जग्गा चौधरी ग्रुपको च्यारिटीको नाममा रहेको खुलेको थियो ।

‘अधुरो भवन र ९ कट्ठा ८ धुरको ५० हजार गरेर १ लाखमा तत्कालीन जनप्रतिनिधिले जग्गा पास गरिदिएका रहेछन्,’ नगर प्रमुख प्रमुख गच्छदारले भने, ‘अन्य जग्गा पनि दिएको निर्णयमा छ । तर, जग्गा भेटेका छैनौं ।’ गाविसको जग्गा कसरी पास भयो भन्ने विषयमा भने आफू पनि अलमलमा रहेको उनले बताए ।

चौधरी ग्रुपले सो स्थानमा चलाएको अस्पतालका उपकरण काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा लगिसकेको छ । अहिले सो क्षेत्रमा भवन र केहि कर्मचारी मात्रै छन् । स्थानीय कामेश्वर गिरीका अनुसार पशुपति बिस्कुट उद्योग र सो जग्गा विनोद चौधरीका भाई वसन्तले अंशमा पाएका हुन् ।

बसन्तले चार जना कर्मचारी भने रुंगालुका रुपमा राखेका छन् । दुई जना स्वास्थ्यकर्मी र एक जना सरसफाई गर्ने कर्मचारी तथा एकजना चौकीदार उनले त्यहाँ राखिरहेका छन् । बासबारीको जग्गा प्रकरणपछि अस्पतालभित्र पसेर फोटो खिच्नसमेत चौधरी ग्रुपले रोक लगाएको छ । ‘यहाँ कोहि कसैलाई फोटो खिच्न नदिनु भनेर निर्देशन आएको छ’ त्यहाँ रहेका एक कर्मचारीले भने, ‘किन नदिनु भन्नुभएको भन्नेबारे मलाई थाहा छैन ।’

गाविसले नाममा रहेको जग्गा सरकारी हुने भएकोले मन्त्रिपरिषदको निर्णयविना व्यक्ति वा अन्य संस्थाको नाममा जान नसक्ने कानुन व्यवसायीहरु बताउँछन् । अधिवक्ता डिल्ली दाहालले गाविसको नाममा रहेको जग्गा मन्त्रिपरिषदको निर्णयविना व्यक्ति वा अन्य संस्थाको नाममा जान नसक्ने बताए । त्यसो भएको हो भने त्यसमा संलग्नहरुमाथि अख्तियारको कार्वाही हुने उनले उल्लेख गरे । चौधरी ग्रुपले हडपेको जग्गा अहिले धुरको १५ लाखभन्दा बढी पर्ने स्थानीय बताउँछन् । त्यस आधारमा भन्ने हो भने उक्त जग्गाको न्यूनतम मूल्य झण्डै ३५ करोड पर्ने स्थानीयको दाबी छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026
दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

दुहबीमा ४ दिने मनोविमर्श तालिम सुरु ।

12/30/2025
दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

दुहबी ५ को वडा कार्यलय भवन मेयर गच्छ्दार द्वारा उद्घाटन

12/16/2025
दुहवी नगर आधारभूत अस्पताल औपचारिक रुपमा नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन ।

दुहवी नगर आधारभूत अस्पताल औपचारिक रुपमा नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन ।

12/14/2025
दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

दुहबीमा सामूहिक कुटपिटबाट सकिलको मृत्यु, घटनामा संलग्न २ जना पक्राउ

12/11/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist