दुहवी / दुहवी नगरपालीका वडा नम्बर ८ मा सन्चालित अरिहन्त मल्टिफाइवर लिमिटेड ( जुट मिल) सम्मानित भएको छ्। २०५० सालमा स्थापित आइ एस ओ ९००१ -२००८ सर्टिफाइड उक्त उद्योगले खासगरी दुहबि नगरपालिकाले स्थानिय युवाहरु लाइ सिप सगै रोजगार प्रदान गर्ने उदेश्यले सन्चालन गरेको औद्योगिक प्रशिक्षार्थी अध्ययन कार्यक्रमलाइ सफल बनाउन आफ्नो उद्योगमा बिद्यार्थी हरुलाइ पढ्दै कमाउदै गर्ने अवसर प्रदान गरेकोले Apprenticeship Champion Award प्राप्त गर्न सफल भएको छ्। नेपाल उधोग परिसंघ, उधोग संगठन मोरङ , स्वेसकन्ट्याक ENSSURE परियोजना अनि मनमोहन प्राबिधिक बिश्वबिध्यालय ले सामुहिक रुपमा अरिहन्त उद्योगलाइ सम्मान पत्र द्वार सम्मान गरेको थियो। अरिहन्त मल्टिफाइवर लिमिटेड का कार्यकारी प्रमुख CEO गोविन्द बजगाइले उक्त अवार्ड लिएका थिए। दुहवी नगरपालिकाले हाल दर्जनौ बिद्यार्थि हरुलाइ औद्योगिक प्रशिक्षार्थी का रुपमा अध्ययन गराउदै आएको छ्। साढे १९ महिना एक चौथाइ तलव पाउनेगरी उद्योगमा काम सिक्ने र साढे ३ महिना मनमोहन प्राबिधिक बिद्यालय मा गएर अध्ययन गर्नु पर्ने हुन्छ्। बिद्यार्थीलाइ अवसर प्रदान गर्ने उद्योगलाइ सम्मान र हौसला प्रदान स्वरुप नगरपालिकाले ५% राजस्वमा छुट समेत दिने निर्णय गरिसकेको छ्। यस आर्थिक बर्षमा पनि दुहबी नगरपालिकाले बिभिन्न ४ बिधामा ८० जना लाइ उक्त अवसर प्रदान गर्दैछ्।