दुहबी / सुनसरीको गढिमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियानका लागि पालिका स्तरीय समिति गठन गरिएको छ। न्यूनीकरण अभियानका लागि कार्यदलको समेत निर्माण गरिएको छ
प्रहरी चौकि कार्यालय अौराबनिको आयोजना तथा गढि गाउँ पालिका प्रमुख आशनारायण माझिको प्रमुख आथितयमा मंगलबार गढिमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको थियो ।
गढि गाउँपालिका स्वास्थ्य प्रमुख राजेन्द्र यादवको संयोजकत्वमा गठन भएको ८ सदस्यीय आत्म हत्या नयूनिकरण तथा व्यवस्थापन समितिको स -संयोजकमा स्वास्थ्य चौकि प्रमुख महेस कुमार रहेका छन्।
समितिका सदस्यहरुमा गढि शिक्षा शाखा प्रमुख छवि खडका , महेस चौधरी , सम्भु प्रसाद साह , लाल बाबू यादव , सदस्य सचिवमा प्रहरी चौकि औरावनिका ईन्चार्ज बिनोद कुमार खां थारु रहेका छन।