दुहबी / सुनसरीको दुहबी नगरपालिकामा विविध कार्यक्रम सहित संविधान दिवस मनाइएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले संविधान संसोधन गर्नुपर्नेमा जोड दिदैं संविधानको महत्त्वको बारेमा चर्चा गरेका थिए । देश बनाउन नेताहरुले परिवारवादको मोह त्याग्नु पर्ने मेयर गच्छदारले बताए । संविधान दिवसको अवसरमा स्थानीय राजनीतिक दलका नेताकार्यकर्ता, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु,विद्यार्थी, शिक्षक लगायत स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
दुहबी नगर परिक्रमा गरि मनाइएको संबिधान दिवस २०८१ समारोहमा सम्पूर्ण सरोकारवाला संघसस्थाहरु, राजनीतिक दलहरु, शिक्षक विद्यार्थीहरु , जनप्रतिनिधि हरु ,कर्मचारीहरु लगायत नगरवासी हरुको उपस्थितीमा भब्य रुपमा मनाउदैं मुख्य रुपमा संविधान सभा बाट जारी भएको नेपालको संविधान २०७२ संरक्षण,
परिपालना ,समय सापेक्ष संशोधन गर्दै कानुनी राज्य,दिगो विकास र दिगो शासकीय व्यवस्थामा वक्ताहरु ले जोड दिँदै शुभकामना आदानप्रदान गरिएको थियो ।
खासगरी स्थानिय सरकारको संख्या ठीक आकारमा जस्तै ४०० मा ल्याई बलियो अधिकार सम्पन्न बनाउनु पर्ने,स्थानिय मात्रै होइन प्रदेश सभा, राष्ट्रिय सभा,प्रतिनिधिसभा मा सदस्यहरु को संख्या घटाउनु पर्ने ,केन्द्र सरकार मन्त्रिमण्डल र प्रदेश मन्त्रिमण्डल को संख्या घटाई ठीक आकार मा ल्याउनु पर्ने ,प्रधानमन्त्री ,मुख्य मन्त्री को निर्वाचन प्रत्यक्ष प्रणालीमा गर्नु पर्ने र सरकारहरू को स्थिरता हुनु पर्ने ,
अनावश्यक बोझिलो निकाय हरु ,कामविहीन निकाय हरु हटाउनु पर्ने चुस्त, छरितो प्रभावकारी विकासमुखी सरकार हुनु पर्ने यसका लागि संविधान संशोधन आवश्यक रहेको दुहबी नगर प्रमुख
बेदनारायण गच्छदारले
बताए ।