मोरङ / मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पंकज चौधरी थारु कार्यालय समयमा तास खेल्ने गरेको पाइएको छ। वडाध्यक्ष चौधरी कार्यालय समयमा तास खेलिरहेको आरोप लागेको छ ।
स्थानीयहरूका अनुसार, वडाध्यक्ष चौधरी वडा कार्यालय आसपासको पसलमा बसेर खुलेआम तास खेल्ने गरेको आरोप लगाएका हुन्। यस्तो व्यवहारले वडाको दैनिक कामकाजमा गम्भीर असर परेको स्थानीयहरूको गुनासो छ। वडाध्यक्ष कार्यालयमा नहुँदा वडाका महत्वपूर्ण कार्यहरू प्रभावित भएको बताइएको छ।
यता वडाध्यक्ष चौधरी कोचिला खबर संगको कुराकानीमा कार्यालयको समय बाहिर तास खेलेको सुईकार गरे ।