बिराटनगर / सुनसरीको कोशी गाउँपालिका–७ का देव किशुन मण्डल र सविता मण्डल हिजो साँझ हस्पिटलबाट बन्धक मुक्त भएका हुन् । घटना बाहिरीए संगै हस्पिटलले उनीहरूलाई केही रकम छुट गरिदिएर घर पठाएको हस्पिटल श्रोतले जनाएको छ
उनीहरूका बुबा साधु मण्डलले भने पैसा अभावमा गोल्डेनले बन्धक बनाएको बताए । हस्पिटलले विल पनि धेरै बताएको र आफूहरूले बुझाउन नसक्ने बताएपछि लामो समय छोराछोरीले अस्पतालमा बिताउनु परेको उनले बताए । परिवार चलाउन भारतको पञ्जावमा काम गर्दै आएका उनले घर आएपछि घटनाको बारेमा जानकारी पाएको बताए ।
छिमेकमा झगडा हुँदा उनीहरूलाई चोट लागेछ र इनरुवा अस्पतालमा उपचारका लागि लगिएको उनले बताए । त्यहाँबाट सिटिस्क्यान गर्नुपर्छ भनेपछि कहाँ लग्ने अन्योल भइरहेको बेला एम्बुलेन्सले गोल्डेन पुर्याएको उनले बताए ।
अस्पतालको ७२ र फार्मेसीको २३ हजार गरेर लगभग एक लाख बुझाएको उनले बताए । अस्पतालले बिलमा १ लाख ८३ हजार ६ सय उल्लेख गरेको भएपनि करिब ५ लाख बुझाउन बाँकी छ भनेर आफूहरूलाई ठग्न खोजेको उनको भनाइ छ । यसबाट पनि प्रमाणित हुन्छ गोल्डेनको ठगी धन्दा
अस्पताल प्रशासनले भने यो कुरा स्वीकार गर्दैन । तर यसको स्पष्ट जवाफ पनि दिन सकेन । प्रशासन प्रमुख जियावुल हकले यस विषयमा आफूलाई केही जानकारी नभएको भन्दै पञ्छिन खोजे । उनी आफू नयाँ भवन तिर बस्ने भएकाले सबै जानकारी नभएको भन्दै पञ्छिए ।