दुहबीमा दिनदहाडै चोरीको घटना बढदै स्थानीय त्रशीत हुदै, रातको समयमा मोहर्रम पर्वको नाममा मेला आयोजना गरी व्यापार गर्द
दुहबी / सुनसरीको दुहबी नगर भित्र दिनदहाडै चोरीको घटना बढदा स्थानीय त्रशीत हुदै गएको देखिन्छ भने रातको समयमा मोहर्म पर्वको नाममा मेला आयोजना गरी व्यापार गर्दै गरेको स्थानीयहरुको आरोप रहेका छन ।
केही दिन अगाडी मात्र दुहबीको दुई घरमा दिनदहाडै चोरी भएको थियो दुहबी नगरपालिका–६ र १ मा दिउँसो चोरी भएको दुहबी प्रहरीले जनाएका थिए ।
दिनदहाडै चोरीको घटना बढन थाले पछि दुहबी नगरको गाउँ गाउँमा टोल सुरक्षा समिति समेत गठन भएका छन ।
एकातिर अपराधिक घटना बढदै जानू अर्को तिर रातको समयमा हजारौको संख्यामा मान्छे भेला पारी मेला आयोजना गर्नु भनेको भिडभाड क्षेत्रमा अपराधी क्रियाकलाप गर्नेहरु सजिलै संग योजना बनाउन सक्ने स्थानीयहरुले आंशका ब्यक्त गरेका छन ।
यता मुस्लिम धर्मलम्बिहरुको मोहर्म पर्व अथवा पैंगमबर ( सहिद ) हजरत यिमाम हुसेन मृत्यु भएको दिन बुधबार देखि पर्वको नाममा मेला आयोजना गरी केही व्यक्तिले आफ्नो सुवार्थ पूरा गर्ने उद्देश्यले व्यापार गर्दै गरेको स्थानीयहरुको गुनासो रहेका छन ।
स्थानीयहरुको भनाई अनुसा ६ दिन सम्म मेला आयोजना गरिरहदा बिरामी , वृद्ध , दीर्घ रोगी , सानासाना बालबालिका लगायतमा अत्याधीक ध्वनि प्रदूषणका कारण धेरै समस्याहरु आईरहेको बताए
स्थानीयहरु भन्छन यो मेला कुन उद्देश्यले आयोजना गरेको बुझिन नत कुनै संघ संस्था आयोजक हो नत कुनै क्लब कुनै पनि मेला मोह्त्सव आयोजना गर्दा केहिन केही उद्देश्यका साथ गरेका हुन्छन
जस्तै मेला बाट आएको आर्थिक कुनै पनि सामाजिक कामको लागी ऐम्बुलेन्स , सव बाहान , लगायतमा खर्च गर्ने हुन्छ ।
यंहात केही व्यक्ति लाई आर्थिक लाभ हुने खालको हिसाबले दुहबी वडा नम्बर ४ का वडा अध्यक्ष मुस्तकिम मियाले ६ दिन सम्म मेला आयोजना गर्न पहिलो सिफारिस दिएको स्थानीयहरुको आरोप छन
सो मेला समितिको संयोजकमा स्थानीय ईस्लाम मिया रहेका छन भने व्यवस्थापकिय जिमा शौकत अलिको रहेको स्रोतको दाबी छन ।
सो बिषयमा ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक मोहन पोखरेल संग बुझ्दा चोरी घटनामा संलग्नहरुको पहिचान तथा खोजी कार्य ब्यापक रुपमा भई रहेको बताउदै ६ दिने मेला आयोजनाको अनुमती जिल्ला प्रशासन कार्यालय सुनसरी बाट लिएको बताए ।