दुहबी / सुनसरीको दुहबी माट प्रकाशित हुदै आएका कोचिला खबर दैनिक पत्रिकाका प्रकाशक तथा स सम्पादक अकबर अलि लाई समाचार लेखेको विषयलाई लिएर दुहबी ६ स्थित संचालनमा रहेका
जय माँ वैष्णो मसाला उद्योगका संचालक सुरेन्द्र पौदारले सरकारी कार्यालय भित्रै ज्यान मार्ने धम्की दिएका छन्।
पत्रकार अकबर अलि र कोचिला खबरका कार्यकारी सम्पादक प्रेम प्रसाद गिरि सूचनाको बिषयमा कुराकानी गर्न दुहबी वडा नम्बर ६ को कार्यालयमा पुग्दा उद्योगि सुरेन्द्र पौदारले मेरो उद्योग सम्बन्धी किन समाचार लेखेको भन्दै पत्रकार अकबर अलि र प्रेम गिरि समेत लाई गालीगलौज गर्दै सिध्याइ दिने ( ज्यान मार्ने ) धम्की दिएका हुन्।
गत जेष्ठ ३२ गते कोचिला खबर पत्रिकामा” दुहबीमा १२ बर्ष देखि गैर कानुनी तथा मानव स्वास्थ लाई खेलवाड गर्दै खाद्यान्न बिभागको अनुमती बिना घरमै उद्योग संचालन गरेको’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशित भएपछि पौदारले वडा ६ को सरकारी कार्यालय भित्रै आफूले जे पनि गर्न सक्ने भन्दै ज्यान मार्ने सम्मको धम्की दिएका छन्।
पत्रकार र मिडिया लाई लाई हतोत्साहित गर्न डर र धम्की देखाउने कार्यको कोचिला खबर मिडियाले घोर भर्त्सना गर्दै अभद्र व्यवहार गर्ने पौदार माथि कानुनी कारबाहीको माग समेत गरेका छन्।
यता ज्यान मार्ने धम्कि दिने विरुद्ध कार्वाहीको माग सहित ईलाका प्रहरी कार्यालय दुहबीमा उजुरी परेका छन
‘पत्रकारले लेखेको समाचारमाथि चित्त नबुझे कानुनी उपचारमा जाने मार्ग र निकाय हुँदाहुँदै पत्रकारलाई स्वतन्त्र रूपमा काम गर्ने मार्गमा हतोत्साहित गर्ने, डर देखाउने, धम्की दिनेजस्ता कार्य प्रेस स्वतन्त्रतामाथिको प्रहार भन्दै कोचिला खबर मिडियाको ठम्याइ छ ।