दुहबी / दुहबी नगरपालीकाको १५ औं नगरसभा सम्पन्न भएको छ। आज दुहबी नगर प्रमुख बेदनारायण गच्छादारको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। असार १० गते नगर सभामा उपमेयर मेनुका खतीवडाले वार्षीक नीति तथा कार्यक्रम प्रस्तुत गरेकि थिइन ।
उप–मेयर खतीवडाले आगामी आर्थिक वर्षका लागि ९८ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी थिइन्। नगर सभाले उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित गरेको हो। चालु आर्थिक वर्षका लागि दुहबी नगरले चालु खर्च तर्फ ५८ करोड ८५ लाख ९२ हजार २सय र पुंजिगत तर्फ ३९ करोड ८४ लाख ४९ हजार ८ सय बराबरको बजेट ल्याएको छ ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ९ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बढी बजेट पारित गरिएको हो। नगर सभाको पहिलो बैठकमा एकमुष्ट बजेट प्रस्तुत गरिएको भएपनि त्यसपछिका बैठकमा छलफल गरी बजेटलाई शिर्षकगत रुपमा छुट्याएर नगरसभाले सर्वसम्मत पारित गरेको दुहबी नगरपालिकाका प्रवक्ता बिजय चौधरीले जानकारी दिए ।
स्वास्थ्य शाखालाइ ३ करोड २९ लाख, शिक्षा शाखालाइ २ करोड ८१ लाख , कृषि शाखालाइ ५० लाख, पशु शाखालाइ ५० लाख, लघु उद्यम शाखालाइ ३५ लाख ५० हजार सहित सबै बिसयगत शाखा हरुलाइ कुल २७ करोड ८० लाख बजेट बिनियोजन गरिएको छ्। कुल बजेटको ४०. ३७% पुंजिगत र ५९. ६३% चालुखर्च तोकिएको जानकारी दिइएको छ ।
दुहबी नगरपालिकामा करिब २० करोड राजस्व कर संकलन गरिने लक्ष्य राखिएको जनाइएको छ ।
प्रमुख नीति अनुसार दुहबी नगर अस्पताल भवन निर्माण कार्य द्रुत गतिमा निर्माण गरेर आ.व. ०८१/८२ भित्रै सम्पन्न गरी संचालन गरिने भएको छ भने दुहबी रंगशाला निर्माणको कार्य आगामी वर्षमा सम्पन्न गरिने गरि बजेट राखिएको जनाइएको छ ।
दिगो विकासको सुचक बलियो बनाउन भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य लगायत युवा स्वरोजगार, महिला, बालबालिका, दलित, अपांग लक्षित मानवीय संसाधनको विभिन्न खाल्को कार्यक्रमहरु समेत ल्याइएको दुहबी नगर प्रमुख गच्छदारले जानकारी दिएका छन् ।
दुहबी नगरसभाको निति तथा कार्यक्रम संचालन दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमालय बरालले गरेका थिए ।