दुहबी / सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको निर्धारित समय ८० मिनेटको आज भएको सेमिफाइनल खेलको मध्यान्तर अघि ४० औं मिनेट सम्म सहलेश युवा क्लब सिरहाले गढी स्पोर्टिङ क्लब सुनसरीलाई २-० गोल अन्तरले पछि पारेको थियो ।
गढी स्पोर्टिङ क्लब सुनसरीका २ जना खेलाडीहरुलाई फल खेलेको भन्दै रेफ्री ले red card देखाई out समेत गरेका
थिए । रेफ्रीको निर्णय गलत भएको भन्दै गढी स्पोर्टिङ क्लब सुनसरीका खेलाडीहरुले बाँकी ४० मिनेटको खेल खेल्न नमानेपछि सहलेश युवा क्लब सिरहा १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी नजिक फाइनलमा प्रवेश गरेको निर्णायकहरुले निर्णय आयोक समितिले जनाए छन् ।
आजको सेमिफाइनल खेलका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमालय बराललाई १० औं भलुवा गोल्डकप कमिटीका अध्यक्ष पशुपति कुमार सरदारले मायाको चिनो प्रदान गरे । भोलीको अन्तिम सेमिफाइनल खेल बिराटनगर सिटि फुटबल क्लब मोरङ र रारा फुटबल क्लब धनकुटाका बिच हुने आयोजकले जनाएको छ ।